बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन
बुटवल,भदौ ११ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्नु भएको छ ।
शहरी विकास मन्त्रालय मार्फत १ अर्ब ११ करोड लागतमा बनेको सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले उद्घाटन गर्दै उहाँले सम्मेलन केन्द्र सञ्चालनमा आएपछि बुटवलका स्थानीयको जीविको पार्जनमा फाईदा पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।
अन्तराष्ट्रिय सम्मेलन केन्द्रले बुटवलको आर्थिक, ब्यापारिक तथा शैक्षिक क्षेत्रको प्रबद्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वसा ब्यक्त गर्नु भयो । शहरहरुको योजनाबद्ध तरिकाले ब्यवस्थति गर्नको लागि योजना तर्जुमाको साथै आधुनिक तरिकाको पुर्वाधार विकासमा आवश्यकता रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।
यस्तै कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल र सम्मेलन केन्द्रलाई जोडेर अन्तराष्ट्रियस्तरका कार्यक्रम बुटवलमा गर्न सकिने बताउनुभयो । यसले गर्दा रुपन्देही बासीको जीवनस्तरमा फाईदा पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।
एमाले उपाध्यक्ष बिष्णु पाैडेलले बुटवलबासीको एक सपना पुरा भएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्री, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कुन मोडेलमा सञ्चालन गर्ने, मापदण्ड कस्तो बनाउने, त्यसको विजनेश र अप्रेसनको बारेमा भनाई राख्नुभएको थियो ।
प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टर मार्फत बुटवल आउनु भएको हो। यो सभाहल सञ्चालनमा आएसँगै जाडो, गर्मी वा वर्षाका बीच खुल्ला आकासमुनि सभा-सम्मेलन गर्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगरमा सभाहल निर्माणका लागि २०७१ साल माघ १५ गते ठेक्का सम्झौता गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)