Logo बिहिवार, आश्विन १ गते २०८३
images

गृहमन्त्री खाँणद्वारा रुपन्देहीको शुद्धोधनमा पक्की पुलको शिलान्यास

गृहमन्त्री खाँणद्वारा रुपन्देहीको शुद्धोधनमा पक्की पुलको शिलान्यास

  • 2.0K
    SHARES

  • गृहमन्त्री खाँणद्वारा रुपन्देहीको शुद्धोधनमा पक्की पुलको शिलान्यास

    बुटवल,भदाै १०।

    रुपन्देहीको शुद्धोधन गाँउपालिका वडा न ४ वेतहीमा पक्की पुल निर्माण थालिएको छ ।

    भलवारी हुदै पश्चिम पहुंनी,वेतही फर्साटिकर सडकखण्डको तिनाउ नदीमा बन्ने पुलको गृहमन्त्री बालकृष्ण खांणले शुक्रबार शिलान्यास गर्नुभयो ।

    पुल निर्माणमा करिब २२ करोड लागत लाग्नेछ भने ३ बर्षमा निर्माण सुकिने जनाइएको छ  ।सो अबसरमा बोल्दै मन्त्री खाँणले विस २०४८ सालमा आफु चुनावी अभियानकै बेला यसक्षेत्रमा पुलको आवश्यकता महसुस गरेको बताउनुभयो । उहाँले त्यो पुल नहुदा  आफैले पीडा भोगेको स्मरण समेत गर्दै अब पुल बनेपछि तिलोत्तमा र शुद्धोधन सहज रुपमा जोडिने उल्लेख गर्नुभयो ।

    pul silanyas.jpgउहांले आफु सरकारका रहेकाले पुलको निर्माण समयमै सम्पन्न गर्न सरकारी तहबाट गर्ने सबैखाले पहल गर्न आफु तयार रहेको उहांको भनाइ छ ।समयमै पुल सम्पन्न गर्ने ठेकेदाररहरुलाई राष्ट्रपतिबाट प्रदान गरिने विभुषण बाट  सम्मान गरिने समेत प्रतिबद्धता जनाउनु भयो  ।

    जिल्लाको तिलोत्तमा नगरपालिका र सुद्धोधन गाउंपालिकाले यहांको गरिमा बढाउन अर्गानिक कृषि उत्पादन गरेर कृषि पर्यटन प्रवद्र्धनमा लाग्न उहाको आग्रह छ ।

    सो अबसरमा लुम्बिनी प्रदेशका शिक्षा मन्त्री वसिउद्धिन खँ,प्रदेशसभा सदस्य पुष्पा थरुनी,तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खांण लगायतले बोल्दै पुलको निर्माणले शुद्धोधन क्षेत्रको कृषि उत्पादनलाइ बुटवल भैरहवासम्म पुर्याउन र आवतजावत गर्न निकै सहज हुने धारणा राख्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology