Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एक्सनमा बालेन : काठमाडौं महानगरपालिकाद्वारा अल्फाबिटाको अनधिकृत संरचनामा डाेजर

एक्सनमा बालेन : काठमाडौं महानगरपालिकाद्वारा अल्फाबिटाको अनधिकृत संरचनामा डाेजर

  • 2.4K
    SHARES

  • एक्सनमा बालेन : काठमाडौं महानगरपालिकाद्वारा अल्फाबिटाको अनधिकृत संरचनामा डाेजर

    काठमाडौं,भदाै ९ ।

    काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएको छ। अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काएको हो।

    बिहीबार मेयर बालेन शाहले दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए। बालेन, नगर प्रहरी, नेपाल प्रहरी लगायतका टोली घटनास्थल पुगेका थिए। कम्प्लेक्सले संरचना भत्काउन छरसात दिनको समय माग्दा काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रहरी नायब महानिरीक्षकले मीरा चौधरीले त्यति दिनको समय दिन नसक्ने बताइएकी थिइन्।

    ‘बिहान कुरा गर्दा अनधिकृत संरचना नभएको भन्ने र अहिले समय चाहियो भनेर दुइटा कुरा गर्न मिल्दैन’, उनले भनिन्। बालेनले सबैलाई ३५ दिनको समय दिएको  र अब रोक्न नसक्ने बताएका थिए।

    ‘हामीले आजै आएर भनेका होइनौं,’ उनले भने, ‘त्यो काम तपाईंहरूको हो।’ बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने  क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।

    अल्फाबिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर शाहले त्यो हटाउन भनेका थिए। त्यस क्रममा शाहले अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए तर शर्माले नक्सा आफूसँग नभएको बताए। त्यसक्रममा मेयर शाह र सञ्चालक शर्माबी चर्काचर्की परेको थियो।

    मेयर शाहले प्रमुख शर्मासँग झोक्किँदै भनेका थिए, ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्छ  ? शाह आवेगमा आएर बोलेपछि प्रमुख शर्माले उनले डनको व्यवहार गरेको बताएका थिए। त्यसपछि बालेन बिहीबारै नक्सा लिएर दोस्रोपटक अल्फाबिटा पुगेका हुन्।

    काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ। ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो।

    बुधबार महानगरले काठमाडौं मल, आरबि कम्प्लेक्स, बिरा कम्प्लेक्स अगाडि बनाइएका संरचनाहरू भत्काइएका थिए। त्यस्तै अरू विभिन्न ठाउँमा पनि अवैध संरचना भत्काउन निर्देशन दिएका छन्।

    299186792_1991656241035891_6607427285423182282_n.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology