Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राममणि बहुमुखी क्याम्पसमा तीज विशेष साँस्कृतिक प्रतियोगिता

राममणि बहुमुखी क्याम्पसमा तीज विशेष साँस्कृतिक प्रतियोगिता

  • 5.7K
    SHARES

  • राममणि बहुमुखी क्याम्पसमा तीज विशेष साँस्कृतिक प्रतियोगिता

    मणिग्राम,भदाै ९ ।  

    रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त राममणि बहुमुखी क्याम्पसमा तीज विशेष साँस्कृतिक प्रतियोगिता आज सम्पन्न भएको छ ।  

    क्याम्पसका विभिन्न कक्षा एवम् तहका विद्यार्थीबीच भएको प्रतिस्पर्धात्मक कार्यक्रममा एम.बी.एस. चौथो समेष्टर पहिलो, कक्षा १२ दोस्रो र बी.ए. दोस्रो वर्षको समूह तेस्रो भएका थिए ।

    सो अवसरमा विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले नेपाली संस्कृतिको जगेर्ना  र विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि  क्याम्पसले रचनात्मक कार्य गर्दै आएको बताउनुभयो ।

    क्याम्पसको  अतिरिक्त क्रियाकलाप समितिका संयोजक जीवनकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय कलाकार प्रचण्ड जि.सी., प्राध्यापक गोपाल पन्थी र कविता पन्थीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

    साँस्कृतिक प्रतियोगितामा क्याम्पसका ११ वटा समूहले भाग समितिका सदस्य कुलबहादुर क्षेत्रीले जानकारी दिनुभयो । क्याम्पसका विद्यार्थीहरू कमल बुचा मगर र सन्ध्या थारूको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology