Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा १ मा डेंगु रोग नियन्त्रणका लागि अभिमुखीकरण

तिलोत्तमा १ मा डेंगु रोग नियन्त्रणका लागि अभिमुखीकरण

  • 1.5K
    SHARES

  • तिलोत्तमा १ मा डेंगु रोग नियन्त्रणका लागि अभिमुखीकरण

    बुटवल,भदाै ७ ।

    तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

    तिलोत्तमामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

    वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवाहरुलाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान सञ्चालन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको वडाअध्यक्ष फर्सुराम गिरीले जानकारी दिए ।

    उनले यसका लागि टोली नै परिचालित गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइने बताए । कार्यक्रममा डा. कृष्ण खरालले डेंगु रोगको वारेमा अभिमुखीकरण गरेका थिए । उनले डेंगु रोगको इतिहास अहिलेको अवस्था र बच्ने उपायका बारेमा जानकारी गराए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology