Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल लेडी जेसिजको तीज मिलन तथा सहयोग रकम हस्तान्तरण

बुटवल लेडी जेसिजको तीज मिलन तथा सहयोग रकम हस्तान्तरण

  • 2.4K
    SHARES

  • बुटवल लेडी जेसिजको तीज मिलन तथा सहयोग रकम हस्तान्तरण

    बुटवल, भदौ ६ ।

    बुटवल लेडी जेसिजको आयोजनामा तीज मिलन तथा सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

    संस्थाले क्यान्सर रोगबाट प्रभावित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी, साहसी कदम नेपाल रुपन्देहीकी अध्यक्ष एवं संचारकर्मी आनिक राना मगरलाई सहयोग वापतको रकम हस्तानतरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी महिला, बालबालीका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका महाशाखा प्रमुख शारदा वस्याल बेलबासेले तीज को नाममा भइरहेका विकृती हटाई मौलीकतामा रमाएर तीज मनाउन सुझाव दिइन् ।

    उनले तीजमा हुने रमझम र भेटघाटले दिदीबहिनीमा बढाउने भातृत्वले पनि ठुलो भुमिका खेल्ने भएकाले महिलाहरु संगठित र एक भए समाजमा परिवर्तन ल्याउन सकिने जनाइन् । साथै अधिकारकर्मी आनिक रानाले जिल्लाभरि मात्र नभई देशैभरि रहेका लैंगिक तथा यौनिक अलपसंख्यक समुदायका लागि गरेको कामको प्रशंसा गर्दै उनले हिम्मत र सबैको प्रार्थनाले रानाले क्यान्सर रोगलाई जित्न सकने शुभेच्छा प्रकट गरिन् ।

    उनले रानाको उपचारमा सहयोगार्थ जेसिज लगायत अन्य संस्थाले गरेको रकम संकलनको कार्यलाई समेत रानाले समाजमा पारेको सकारात्मक कामको प्रतिफल भएको बताइन् । उनले रानालाई हिम्मत र साहसले नै रोग जित्न सकिने भन्दै हौसला प्रदान गरिन् ।
    त्यस्तै कार्यक्रममा नेपाल जेसिज वर्ष २०२२ का बोर्ड सल्लाहकार एवं बुटवल लेडी जेसिजका सल्लाहकार तथा पुर्व अध्यक्ष राधिका पोख्रेलले जेसिज विधिको शासन मानेर चल्ने संस्था भएकाले सामाजिक सेवालाई प्राथमिकतामा राखेर कार्य गर्ने गरेको बताइन् । उनले लैंगिक तथा यौनिक अल्पसंख्यक पनि समुदायकै व्यक्ति भएकाले वहांहरुप्रति राखिने दृष्टिकोण परिवर्तन गरी साथ र सहयोग गर्न आवश्यक रहेको औंल्याइन् ।

    तीज पर्वलाई आफ्नो गक्ष अनुसार रमाइलो गरी मनाउन उनले शुभकामना दिइन् ।कार्यक्रममा बुटवल लेडी जेसिजकी अध्यक्ष अनुपमा श्रेष्ठले पौराणिक महत्व बोको तीज नेपालीको ठुलो चाड मध्येको एक भएको बतँइन् । उनले महिलाले पनि गर्न सकछन्, गरेर देखाउनुपर्छ र सफल हुनुपर्छ भन्ने संकेत स्वरुपको पर्व तीजले सबै महिलालाई डटेर अघि बढ्ने साहस दिने विश्वास व्यक्त गरिन् ।

    साथै क्यान्सर रोगबाट ग्रसित आनिक रानाको उपचारार्थ आफुहरुले गर्न सक्ने सहयोगलाई निरन्तरता दिने उनको प्रतिबद्धता थियो । श्रेष्ठले समाजले उपेक्षा गरेको लैंगिक तथा यौनिक अल्पसंख्यकका व्यक्तिलाई संगठित गरेर अघि बढेकी रानालाई सबैको साथ र हौसलाको आवश्यकता रहेको जनाइन् । उनले आफ्नो कार्यकालमा सो समुदायसंग अझ थप कार्यक्रम गरी उनीहरुप्रतिको सम्मान झल्काउने प्रयास जारी राख्ने बताइन् ।

    बुटवल लेडी जेसिजका कानुनी सल्लाहकार कमला लम्सालको संचालनमा भएको कार्यक्रम बुटवल लेडी जेसिजका उपाध्यक्ष पुनम पन्थको स्वागत तथा संयोजनमा सम्पन्न भएको थियो ।

    anik help.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology