बुटवल,भदाै ६ ।
चार क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजनामा भोलि नेपाल बन्दको घोषणा गरिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी शुशिल नेतृत्वको नेपाल नेकपा माओवादी समाजवादी पार्टीको आयोजनामा एक दिने नेपाल बन्दको घोषणा गरिएको हो ।
चार क्रान्तिकारी पार्टीले संयुक्तरूपमा विज्ञप्ति जारी गरी नेपाल बन्दको घोषणा गरेको जानकारी दिएका छन् ।
गत फागुन २१ गते नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाई र सम्पूर्ण मुद्राहरू खारेज गर्न ३ बुँदे सहमति भएको भएपनि हालसम्म पनि सहमति अनुरूप जेलमा रहेका नेता, कार्यकर्ताहरूलाई रिहाई नगरिएको लगायतका विषय सम्बोधन नभएको भन्दै नेपाल बन्दको आह्वान गरिएको जनाइएको छ ।
साथै मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसि) सम्झौता र स्टेट पाट्नरसिप प्रोग्राम (एपिपि) परियोजना खारेज एवं मुल्यबृद्दि नियन्त्रण र असमान सन्धि सम्झौताहरू समेत खारेज गर्न माग गरिएको छ ।
हेराैँ बिज्ञप्ती :-

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)