Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रपति भण्डारीद्वारा दुई वटा विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारीद्वारा दुई वटा विधेयक प्रमाणीकरण

  • 1.8K
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा दुई वटा विधेयक प्रमाणीकरण

    काठमाडौं, भदौ ५।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

    राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ परिषद्‌ ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३लाई स‌ंशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology