बुटवल,भदाै ५ ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एजेन्सी सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सहायक कार्यकारी अधिकृत राजन प्रसाद अधिकारीले कम्पनीको पोलिसी सम्बन्धि जानकारी दिनुका साथै सम्पुर्ण एजेन्टहरूलाई थप सक्रियताका साथ अगाडि बढ्न हौसला प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी तथा गण्डकी प्रदेशका प्रमुख शिव प्रसाद पौडेलले प्राइमलाइफ इन्स्योरेन्स किन अन्य कम्पनी भन्दा भिन्न छ भने सम्बन्धि रेकर्ड साथै उर्जा मुलक भिडियो प्रस्तुत गर्नु भएको थियोे ।
उक्त कार्यक्रममा ५५ जना एजेन्सी म्यानेजरलाई प्रमाणपत्र, मायाको चिनो तथा खादाद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा १८० भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रम बुटवल शाखाका प्रमुख सुरेश ज्ञवालीको स्वागत मन्तव्य तथा फर्साटिकर कार्यालय प्रमुख प्रेम न्यैपानेको संचालनमा सम्पन्न भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)