Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस नेता प्रदीप गिरिको निधन,आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

कांग्रेस नेता प्रदीप गिरिको निधन,आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

  • 2.2K
    SHARES

  • कांग्रेस नेता प्रदीप गिरिको निधन,आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

    बुटवल,भदाै ५ ।

    नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ ।

    शनिबार साँझ ९ः३० बजे गिरिको ७५ बर्षको उमेरमा निधन भएको हो ।भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए ।

    पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो ।शनिबार साँझ ९ः३० बजे निधन भएको कांग्रेस संसदीय दलले वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।

    उनको पार्थिव शरीरलाई भोलि आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ । आज विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

    death note.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology