गुल्मी,कार्तिक १९-
बागलुङ्ग सेवा समाज मलेसियाले बाढी पहिरो पिडितहरुको लागि आर्थिक सहयोग गरिएको छ ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका, निसिखोला गाँउपालिका र जैमिनी नगरपालिकाका बाढी पहिरो पिडितहरुलाई नगद रकम सहयोग प्रदान गरिएको छ ।
सहयोग रकम ढोरपाटन नगरपालिकाको दैवी प्रकोप तथा राहत कोषमा नगद रु.१लाख,६५ हजार,५ सय,५० रुपैया र निसिखोला गाँउपालिकामा नगद रु.२५ हजार, नगद बाढी पहिरो पिडितहरुका लागि वितरण गरिएको छ ।
बाग्लुङ सेवा समाज मलेसियाको पहलमा हाल मलेसियामा रोजगारीको शिलशिलामा कार्यारत नेपाली युवाहरुबाट संकलन गरि पठाएको कुल १लाख,९०हजार,५सय, ५० रुपैया रकम बाढी पहिरो पिडितहरुको लागि हस्तान्तरण गरिएको थियो ।
सोमवार र मंगलवार निसिखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा बाढी पहिरो पिडितहरुलाई सहयोग राहत रकम हस्तान्तरण कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली,ढोनपा वडा नं. १का वडाअध्यक्ष चित्र बहादुर भण्डारी र प्रमुख प्रशासकीय अधिकृत दिल्लीराम भट्टराई,साथीभाइ डिजिटल प्रालिका प्रवन्ध निर्देशक रामु बिरही,सञ्चारकर्मी मिनु बिसी लागायतको सहभागिता रहेको थियो ।
बागलुङ सेवा समाज मलेसियाले विगत लामो समयदेखि सामाजिक कार्यहरु गदै आइरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)