Logo बिहिवार, श्रावण १४ गते २०८३
images

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा भट्टराई

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा भट्टराई

  • 3.0K
    SHARES

  • मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा भट्टराई

    बुटवल,भदाै ४ ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा भएको जिल्ला शाखाको २३ औ साधारणसभाले खिमप्रसाद भट्टराइ (कृष्ण)को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसहमत निर्वाचित गरेको हो । उपसभापतिमा कपिल ज्ञवाली,सचिवमा कृष्ण पाण्डे , सहसचिवमा फुलु सुनार र कोषाध्यक्ष लिलाधर लुईटेल चयन हुनुभएको छ । 
    त्यस्तै अर्जुन कुवर,अर्जुन ज्ञवाली,कृष्ण भण्डारी,मोहनीलाल न्यौपाने,रत्ना कडेंल,केशवराज पाण्डे,सिता पौडेल,नन्दु थापा रहेका छन् ।  स्वास्थ्य बिभाग संयोजकमा मेघराज भट्टराइ,युवा विभाग संयोजकमा महेश शर्मा चयन हुनुभएको छ ।  बांकी १ महिला सदस्य कार्यसमितिको पहिलो बैठकले नियुक्त गर्नेछ ।

    नयां नेतृत्वको कार्यकाल २ बर्षको हुनेछ । साधारणसभाको लुम्बिनी प्रदेश सरकारका पर्यटन ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्दै शान्तिपूर्ण आन्दोलनले सार्थक रुप लिने बताउनुभएको छ ।  सो अबसरमा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले समाजले परिवर्तनको अभियानको नेतृत्व गरेको बताउनुभयो ।

    dilli chaudhari.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology