बुटवल,भदाै ३ ।
रोटर्याक्ट क्लब अफ सेन्ट्रल सिटीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ स्थित शंकरनगर स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण कार्यक्रम भएको छ । वर्ष २०२२-२३ का अध्यक्ष सन्तोष पन्थीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तिलोत्तमा-१ का नवनिर्वाचित वडा अध्यक्ष फर्सुराम गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै,कार्यक्रममा ड्राइभर टोल प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक कमल भण्डारी तथा क्लबका संस्थापक अध्यक्ष कमल भण्डारीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गिरिले युवा साथीहरूमा देखिएको यो सामाजिक चिन्तनले आफूलाई निकै खुसी लागेको अभिव्यक्ति दिए । रुखको महत्व झल्काउदै उनले रोपेका विरुवाहरूको हेरचाह गरिरहन पनि उत्तिकै आवश्यक रहेकाले समय समयमा आई सरसफाई, पानी हाल्ने जस्ता गतिविधिहरू पनि गरिराख्न आग्रह गरे ।
साथै, उनले आगामी दिनहरूमा यस्ता सामाजिक गतिविधिहरूमा अझै पनि लागिपर्ने अनुरोध गर्दै आवश्यकतामा सहयोगको लागि वडा सधै तत्पर रहेको बताए ।
यस्तै कार्यक्रममा ड्राइभरटोल प्रहरी कार्यालयका प्रमुख कमल भण्डारीले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै उनले,यो उमेर समूहको युवाहरू यस्ता काममा सक्रिय रहेको देख्दा निकै खुसी लाग्ने बताए ।यस्तै, कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष कमल भण्डारीले पनि रुखको महत्व सहितको मन्तव्य राखेका थिए, साथै समयसमयमा आई विरुवाको हेरचाह गर्न पनि आग्रह गरे ।
कार्यक्रममा पिपल,धुपी,असोका जस्ता विरुवाहरू रोपिएको थियो। प्रदिप ज्ञवालीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका संस्थापक तथा रोटा वर्ष २०२२-२३ का सचिव प्रशान्त ज्ञवालीले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)