Logo शुक्रवार, कार्तिक २७ गते २०८३
images
images

रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको तीज विशेष कार्यक्रम भाेलि,खुमन र शान्ति श्रीलाई स्वागत

रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको तीज विशेष कार्यक्रम भाेलि,खुमन र शान्ति श्रीलाई स्वागत

  • 1.5K
    SHARES

  • रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको तीज विशेष कार्यक्रम भाेलि,खुमन र शान्ति श्रीलाई स्वागत

    अस्ट्रेलिया,भदाै ३ ।

    रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागी हुन चर्चित नेपाली लोक दोहोरी गायक खुमन अधिकारी र गायिका शान्ति श्री परियार अस्ट्रेलिया आईपुगेका छन् ।

    बिहिवार सिड्नीको किगं स्मिथ विमानस्थलमा उनीहरुको भव्य स्वागत गरिएको छ । विमानस्थलमा उनीहरुको स्वागतार्थ रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेल,उपाध्यक्ष दिभाकर काफ्ले,निर्वतमान अध्यक्ष ईश्वर पोखरेल अविरल,पूर्व अध्यक्ष कृष्ण गैरे,पूर्व महासचिव महेश्वर शर्मा, नेपाली कला साहित्य तथा संस्कृति सयोंजक सुचना पाण्डे,उपसयोंजक प्रदिप खनाल, महिला सयोंजक श्रीजना खड्का गैरे, कोषाध्यक्ष बिब्लब सापकोटा  लगायत सञ्जालका पदाधिकारीहरु पुगेका थिए ।

    हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर आगामी अगष्ट २० तारिखमा ईन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा सञ्जालले ‘तीज धमाका’ कार्यक्रमको आयोजना गरेको छ । कलाकारद्धय अधिकारी र परियारले उक्त कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुती दिनेछन् ।

    कलाकार शान्ति श्री परियार र खुमन अधिकारीले नेपालको सांस्कृति पर्व तीजको नेपालको झल्को मेटाउने गरी प्रस्तुती दिने सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल नागरिक अनलाइनलाई बताए ।

    असहाय बालबालिकाहरुको सहयोग गर्ने र आफ्नो मातृभूमी छाडेर परदेशमा रहेका दिदी बहिनीहरुलाई जमघट गराई मौलिक तीजको झल्को दिने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । aus.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology