बुटवल,भदाै २ ।
लुम्बिनी फोटोग्राफर संघले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ ।विश्व फोटो ग्राफी दिवसको अवसरमा दोस्रो दिनको कार्यक्रममा रुपन्देहीको तिलोत्तमास्थित टिकुलीगढ माविमा सहयोग गरेको छ । संघले एक कार्यक्रमकाबीच सो विद्यालयमा अधयनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष मनिष पन्थको अध्यक्षता,नेपाल फोटोग्राफर महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र उपाध्यायको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश अर्याल,प्रधानाध्यापक शंकरदत्त उपाध्याय लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा २० जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष पन्थले नागरिक अनलाइनलाई बताए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)