बुटवल,भदाै २ ।
डेंगु नियन्त्रण तथा रोकथामका लागि तिलोत्तमा अभिमुखीकरण कार्यक्रम गरिएको छ। तिलोत्तमामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, उदेश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्ष नगरपालिका भित्रका स्वास्थ्यकर्मि सरोकारवाहरु लाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले बताए। उनले आईतबारदेखी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइने बताए।
कार्यक्रममा डा कृष्ण खरालले डेंगु रोगको वारेमा अभिमुखीकरण गरेका थिए। तिलोत्तमा नगरपालिकाको आयोजना, फेयरमेड फाउण्डेशन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र को सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले सहजीकरण गरेका थिए।
कार्यक्रममा वोल्दै तिलोत्तमा नगरपालिका नगरप्रमुख रामकृष्ण खाँडले डेंगुको संक्रमण बढ्दै गएकाले सावधानी र सचेतना अपनाउन आग्रह गर्दे संभाबित क्षेत्रमा अभियान चलाउने बताउनु भयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)