बुटवल,भदाै २ ।
लोकप्रीय गायक नवीन पौडेलले तिजको अबसरमा साँगितिक कोशेली पस्किएका छन्। नवीन,स्वीकृति एवं आशाको प्रस्तुती स्वरुप बजारमा उपलब्ध भएको गीत “हरहर बासना अगरबत्तिको” गीत निक्कै उत्कृष्ट बनेको छ।
पढाइ सिकाइ मात्रै होइन अतिरिक्त कृयाकलापमा पनि अग्रणी शैक्षिक सस्था रुपन्देहिको देबदह नगरपालिका स्थित देबदह बोर्डिङ हाइ स्कुलको कक्षा आठमा अध्यनरत छात्रा स्वीकृति पौडेलको जिबन्त अभिनय एबम आशा बिसि र नवीन पौडेल ले स्वर दिएको गीत “हर हर बासना अगरबत्तिको कस्ले माया गर्छ तिम्लाइ मैले जत्तिको” सार्बजनिक भए सङ्गै चर्चा बटुलिरहेको छ।
आशा बिसि युट्युब च्यानल मार्फत सार्बजनिक भएको म्युजिक भिडियो मा नवीन पौडेल र आशा बिसिको कलात्मक स्वर सुन्न सकिन्छ। गीतको शब्द स्वयं पौडेल नै कोरेका हुन भने गीतको म्युजिक एरेन्ज कृष्ण केसिले गरेका छन। बिष्णु भट्टराईले निर्देशन गरेको म्युजिक भिडियोको लय सँकलन रबि कार्किले गरेका छन।
सामाजिक सन्जाल फेसबुक टिकटकमा निक्कै नै रुचाइएको गीत सबैको मन मुटुमा बसेको गीतका गायक नवीन पौडेलले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)