बुटवल,भदाै १ ।
रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । उपचारमा संलग्न डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा नाराबाजी गरेपछि तनाव उत्पन्न भएको हो ।
रुपन्देहीको सियारी गाउँपालिका-७ की ३९ वर्षीया अमृता कोहारको उपचारका क्रममा मृत्यु भएपछि मँगलबार मध्यराती अस्पताल तनावग्रस्त भएको हाे ।
पत्थरीको अप्रेशन गराएकी अमृताको एक्कासी मृत्यु भएपछि आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाएका छन् । साउन २५ गते पत्थरीको अप्रेशन गराएर घर गएकी अमृता मँगलबार दिउँसो एक्कासी बेहोस भई ढलेपछि पुनः उपचारका लागि क्रिमसन अस्पतालमै ल्याइएको उनका आफन्तले बताएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)