Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सैनामैनामा तीज महोत्सवको तयारी अन्तिम चरणमा,भदौ २ गते उद्घाटन

सैनामैनामा तीज महोत्सवको तयारी अन्तिम चरणमा,भदौ २ गते उद्घाटन

  • 2.2K
    SHARES

  • सैनामैनामा तीज महोत्सवको तयारी अन्तिम चरणमा,भदौ २ गते उद्घाटन

    बुटवल,साउन ३१ ।

    रुपन्देहीको सैनामैनामा तीज महोत्सव हुने भएको छ । नेपाली महिलाहरुको हरितालीका तीजका अवसर पारेर दुधराक्ष युवा क्लब र उमंङ म्युजिक प्रालिको आयोजना तथा जय माता दि एम्युजमेन्ट प्रालिको ब्यवस्थापनमा महोत्सव हुन लागेको हो ।

    महोत्सवको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरेर आयोजकले बताएका छन् । भदौ २ गते देखि १४ गते सम्म महोत्सव सञ्चालन हुने छ ।नेपाली लोकसस्कृतिलाई जर्गेना गरि सैनामैनालाई व्यापार क्षेत्रमा उत्पादित वस्तु, सेवा, सीप, पर्यटकहरुको आर्कषणको केन्द्र बनाउन महोत्सव गर्न लागीएको अध्यक्ष किरण पोख्रेलले बताएका छन् ।

    अध्यक्ष पोख्रेलले महोत्सवमा पर्यटन प्रवर्द्धन गोष्ठी,औद्योगिक प्रदर्शनी,उत्पादित वस्तुको खरीद बिक्री,दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरीद विक्री,बालउद्यान हुनेछ भने राष्ट्रिय स्तरको हास्यव्यङग्य तथा राष्ट्रिय कलाकारहरुको  प्रस्तुती रहने समेत उल्लेख गरे ।साथै,महोत्सवमा बालउद्योन,अन्र्तमावि तिज गित प्रतियोगिता,डान्सीङ आइडल समेत हुने  छ ।

    महोत्सव सम्पन्न गर्न अनुमानित ५० लाख लाग्ने अनुमान गरिएको छ भने सैनामैना नगरपालिका,प्रदेश मन्त्रालय,विभिन्न ब्यापारिक सस्थाहरुबाट आर्थिकको प्रबन्ध गरिने आयोजकले जनाएको छ ।

    महोत्सवमा करिब १ लाख बढि दर्शकहरु भित्रिने अनुमान गरिएको छ भने महोत्सवमा बिक्रि भएको प्रति टिकट बापत रु।१ रुपियाँ सामाजिक क्षेत्रमा खर्च गरिने बताइएको छ । पत्रकार सम्मेलनको सचिब पदम पाण्डेले सञ्चालन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology