Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुक्तिनाथधाममा जारी एक महिने श्रावणी मेला समापन

मुक्तिनाथधाममा जारी एक महिने श्रावणी मेला समापन

  • 1.9K
    SHARES

  • मुक्तिनाथधाममा जारी एक महिने श्रावणी मेला समापन

    बुटवल, साउन ३० ।

    एक महिनासम्म जलापर्ण र विशेष पुजा गरि मनाउने श्रावणी मेला सोमबार सम्पन्न भएको छ । विभिन्न शक्तिपिठहरुमा पुजापाठ , यज्ञादी गरि पर्व समापन भएको हो । नयागाँउस्थित स्वामीनारायण मुक्तिनाथ धाममा हरिद्वारबाट योगगुरु रामदेवका सेवक सान्ध्वी सन्त देवादितिको आतिथ्यतामा विशेष आरतीपुजा गरि समापन गरिएको हो । साउनको पहिलो सोमबारदेखि शुरु भएको पुजा पाँचौ सोमबार समापन भएको हो ।muktinath.jpg

    सोमबार बिहानैदेखि शिव मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको थियो । नयाँगाउस्थित मुक्तिनाथ धामका पिठाधिस १००८ स्वामी लोकानन्द, सान्ध्वी सन्त देवादिति,वडाध्यक्षहरु नरिश्वर पाैडेल,डिल्लीप्रसाद शर्मा आचार्य,श्रीथापा,अनुपमान सैँजू सहित विशिष्ट ब्यक्तिहरुबाट आरती गरिएको थियो । परम्परा, संस्कृतिको रुपमा श्रावणी पुजा मनाउन लागिएको स्वामी लोकानन्दले बताए ।mandir.jpgsanwi.jpg

    धार्मिक सेवाका लागि आफु नेपाल आएको सान्ध्वी सन्त देवीले बताईन । आयुर्वेदिक उपचार पद्दती, खानपान र रहनसहनबाट मानव स्वस्थ्यमा सहजता ल्याउने रुपमा सहयोगको काम गर्दै आएको उनले बताईन ।

    संस्कृत अध्ययन गर्ने भाइबैनीहरुलाई लक्षित गरि स्याङ्जामा वेद विश्वविद्यालय गुरुकुल बनाउने संकल्प सहित यसपटक नेपाल आएको भन्दै यसमा उनले बताईन । यसैगरि नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालसहितको टिमले स्वामीसंग नुवाकोट विकासमा बारेमा छलफल गरेका छन ।muktinath dham.jpg

    सो अवसरमा पिठाधिस स्वामी लोकानन्दले नुवाकोट तिरुपति बाबाधाम विकास समिति नामाकरण गर्न सुझाव दिदै यसबाट नेपालमात्र नभई हिन्दु धर्मालम्बीहरुको आगमन हुने दाबी गरे ।कोभिड संक्रमणका कारण दुईवर्षसम्म चहलपहल नभएको भएपनि यसवर्ष शिवमन्दिरहरुमा दर्शानार्थीहरुको भिड लागेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology