Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मेली समाज जापानले तीज बिशेष कार्यक्रम गर्ने,कलाकारको साँस्कृतिक प्रस्तुती रहने

गुल्मेली समाज जापानले तीज बिशेष कार्यक्रम गर्ने,कलाकारको साँस्कृतिक प्रस्तुती रहने

  • 2.9K
    SHARES

  • गुल्मेली समाज जापानले तीज बिशेष कार्यक्रम गर्ने,कलाकारको साँस्कृतिक प्रस्तुती रहने

    कौरव खत्री /गुल्मी २९ ,साउन ।

    गुल्मेली समाज जापानले तीज विशेष कार्यक्रम गर्ने भएको छ । समाजको बैठक आज जापानको  टोकियोमा सम्पन्न भएको हाे ।

    समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले  यहि अगष्ट २९ तारिक अर्थात आउदो भाद्र १३ गते हरितालिका तिजको अवसरमा सम्पुर्ण गुल्मेली चेलीहरुलाई माईतीको आगनमा छमछमी नचाउने लक्ष्य सहित जापानको टोकियो स्थित नाकानो जेरो  हलमा जापानी समय अनुसार १२ बजेदेखी सञ्चालन गर्ने  निणय  गरिएको र  कार्यक्रमको संयोजकमा गुल्मेली समाज जापानकी  महिला उपाध्यक्ष लक्ष्मी   केसी महजनलाई समेत  चयन गरिएको गरिएको  गरेको समाजका प्रबक्ता दिलिप थापाले जानकारी दिनुभयो ।

    गुल्मीबाट हाल जापानका विभिन्न स्थानमा रोजगारीको शिलशिलामा जापानमा बिभिन्न पेशा व्यवसाय रोज़गारी र अध्ययन तथा अन्य रुपमा रहनु  भएका सम्पूर्ण गुल्मीबासीहरूलाई कार्यक्रममा उपस्थित भैदिनु हुन समाजका प्रबक्ता थापाले आग्रह  गर्नुभयो ।

    साथै कार्यक्रममा स्थानीय कलाकारहरूको बेजोड साँस्कृतिक प्रस्तुती रहने थापाले बताउनु भयो ।समाजको बैठक गुल्मेली समाज जापानका महासचिव संगीता कुवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

     गुल्मेली समाज जापान आयोजक रहेको उक्त कार्यक्रममा गुल्मी जिल्लामा रहेका बिभिन्न संघ सँस्थाहरुले सहकार्य गर्दै  कार्यक्रम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन । यसरी प्रतिबद्धता ज़ाहेर गर्ने सँस्थाहरुमा गुल्मेली समाज जापान कान्तो क्षत्रिय कमिटी,गुल्मेली समाज जापान चुबु क्षत्रिय कमिटी,वामी सेबा समिति जापान,रुपाकोट समाज जापान,अर्लाङकोट समाज जापान,वडागाउँ समाज जापान,कुर्घा समाज जापान,आँपचौर समाज जापान,दिव्रुङ समाज जापान,पौंदी सेवा समाज जापान,वामी नमुना समाज जापान,अर्याल समाज जापान,कालीगण्डकी समाज जापान सहितका १३ वटा सँस्थाहरु सह आयोजक रहेका छन् ।

    गुल्मेली समाज जापानको इतिहासमा जिल्ला भित्रका सबै संघ सँस्था हरुले यसरी एैक्यबद्दता जाहेर गरि कार्यक्रम सफल बनाउनको लागि महत्वपूर्ण निर्णय भएकोमा सबैमा धन्यबाद प्रकट गर्दै  यस निर्णयबाट आफु कार्यक्रम सफल हुनेमा बिश्वस्त रहेको समाजका अध्यक्ष महेन्द्र कुमार अधिकारीले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology