Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरस्वती माता फाउन्डेसनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

सरस्वती माता फाउन्डेसनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

  • 1.5K
    SHARES

  • सरस्वती माता फाउन्डेसनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

    बुटवल,साउन २९ ।

    सरस्वती माता फाउन्डेसनले  शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । असहाय, गरिब तथा विपन्न बालबालिकाहरूलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रम गुल्मीको रुरुक्षेत्र गाउँपालिका-०४ मा अवस्थित ज्ञवा माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।

    संस्थाका अध्यक्ष रञ्जित ज्ञवालीको अध्यक्षता भएको कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका ४ का नवनिर्वाचित वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठको आतिथ्यता रहेको थियो । यस्तै, कार्यक्रममा विद्यालय व्यवस्थापन समिती सदस्य चुरामणी ज्ञवाली र युवा समाजसेवी जगन्नाथ ज्ञवालीको आतिथ्यता रहेको थियो । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सरस्वती माता फाउन्डेसनले गाउँपालिकामा निकै राम्रो योगदान पुर्याएको र अगामी दिनहरूमा पनि यस्तै यस्तै कार्यक्रम गरिराख्न आग्रह गर्नुका साथै वडा सहयोगको लागि सधै तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा ज्ञवा मा।वि, बलेटक्सार र जनबोध मा।वि, रानीवासमा अध्ययनरत १० जना असहाय, गरिव तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो भने उनीहरूसंगै रक्षा बन्धन पनि बाँधिएको थियो । 

    पढ्नमा अब्बल तर समस्या भईरहेका केही विद्यार्थीहरूलाई छानेर उनीहरूलाई केही मात्रामा भएपनी सहज होस भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको कार्यक्रम संयोजक प्रवेश ज्ञवाली बताए ।

    कार्यक्रममा संस्थाका सदस्य अभिषेक कंडेलको स्वागत मन्तव्य रहेको थियो । यस्तै, कार्यक्रम संस्थाका कोषाध्यक्ष मनिष सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology