बुटवल, कार्तिक १८-
लुम्बिनी मेडिकल कलेज, प्रभासमा मंगलबार थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यो संगै पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
मृत्यु हुने रामपुर नगरपालिका–७, का ४४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
कार्तिक ५ गते कोरोना भाइरस पुष्टि भएका उनमा निमोनियाको समस्या रहेको थियो ।
एक सातादेखि प्रभासमा रहेको कोभिड उपचार कक्षमा उपचार भैरहेको थियो । सुधार भएपछि आइसोलेसनमा बस्न घर रामपुर गएका रानालाई सोमबार राती पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि पुनः लुम्विनी मेडिकल कलेज ल्याइएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)