बुटवल, साउन २८ ।
रुपन्देहीमा खेल सम्बद्ध संस्था र क्लवहरुलाई एउटै छातामुनि ल्याईंने भएको छ । जिल्ला खेलकुद विकास समिति रुपन्देहीको नयां नेतृत्वले सबैलाइ एकिकृत गरेर योजना निर्माण गरेर कार्यान्वयनमा ल्याउने तयारी गरेको हो ।
अबदेखि जिल्लाको सिफारिस बिना खेलाडीहरुले कुनैपनि प्रतियोगितामा रुपन्देहीको नाममा भाग लिन पाउने छैनन् ।जिल्ला खेलकुद विकास समिति रुपन्देहीले नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि तयारी थालेको छ ।सो प्रतियोगिताको असोजको २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुदैछ ।
समितिका अध्यक्ष भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) ले प्रदेश सरकारबाट बजेटको आवश्यक प्रतिवद्घता भएपनि अनिश्चित भएकोे बताउनुभयो । समितिले बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदेशबाट बजेट नआएपनि जिल्ला खेलकुद विकास समिति आफै व्यवस्था गरेर छनौटको तयारीमा लाग्ने उहाले बताउनुभयो ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ३६ वटा खेललाई विभाजन गरि संयोजक तोकेर अघि बढेको उहाले जानकारी दिनुभयो । साउन ३० गतेभित्र भाग लिन सकिने खेलहरुको अन्तिम निर्णय गर्ने उहाले बताउनुभयो ।
खेल सम्बद्घ संस्था र क्लबहरुलाई एउटै छातामुनि ल्याउने गरि खेल संस्था र क्लब दर्ताको सुचना जारी भएको छ ।अबदेखि खेल संस्था दर्ता गर्न १० हजार, क्लब दर्ता गर्न ५ हजार तोकिएको उहांले बताउनुभयो । उहांका अनुसार जिल्लाको सिफारिस बिना प्रतियोगितामा खेलाडीहरुले रुपन्देहीको नाममा भाग लिन पाउदैनन् ।
जिल्लाले अस्थायी प्रशिक्षकको योजनासहित तयारी गरिएको जनाउँदै क्षेत्रीले विद्यालयहरुसंग समन्वय गरि प्रशिक्षक जिल्लाबाट दिने ब्यवस्थापनको काम गरिने उल्लेख गर्नुभयो । साउन २५ देखि भदौ ५ गतेसम्म प्रशिक्षण गराइनेछ ।
रुपन्देही जिल्लामा तेक्वान्दो–२, कराते–३, शारीरिक सुगठन –१, हेन्ड बल–१, कार्यालय प्रमुख १ गरेर ८ जना रहेका छन । राखेपले ३६ वटा खेललाई मान्यता दिएको भए पनि रुपन्देहीबाट बढिमा २८ वटा खेलमा भाग लिएको ईतिहास भेटिएको उहाको भनाई छ ।
उहाले भन्नुभयो—‘सरकारी बजेटको पर्खाईमा लामोसमय बितिसकेको छ, अब थोरैथोरै सहयोग जुटाएर काम गछौं,अनुमानित ५० लाख खर्च हुनेछ ।’

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)