Logo बिहिवार, आश्विन १ गते २०८३
images

एभेरष्टका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण

एभेरष्टका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण

  • 2.2K
    SHARES

  • एभेरष्टका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण

    बुटवल,साउन २८ ।

    एभरेष्ट इङ्गलिश माध्यमिक विद्यालय बुटवलले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । विद्यालयले शनिबार एक समारोहको आयोजना गरी आफ्नो विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै शैक्षिक सिकाई, अभ्यास, नेतृत्व विकास र अध्ययन क्षमतावृद्धिका विषयमा एकदिने अभिमुखिकरण समेत गरेको हो ।

    विद्यार्थीहरुलाई बरिष्ठ उत्प्रेरक डाक्टर ताराप्रसाद गिरीले विद्यार्थीलाई जीवन जिउने कला, सीप र अध्ययन क्षमतावृद्धिका विषयमा सहजिकरण गरेका थिए ।

    कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षता र लुम्बिनी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक मनोज गैरेको प्रमुख आतिथ्यतामा भएको थियो ।

    सो अवसरमा कक्षा ११ का नवआगन्तुक विद्यार्थी स्वागत गर्दै लुम्बिनी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक गैरेले विद्यार्थीको अध्ययन तथा सिकाइका लागि शिक्षक, अभिभावकसँगै शैक्षिक संस्थाको वातावरण पनि उत्तम हुनु पर्ने उल्लेख गरे ।

    कार्यक्रममा हिसान नेपालका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, नेशनल प्याब्सनका केन्द्रीय सदस्य विष्णु पौडेल, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य टंकप्रसाद कण्डेल, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, अभिभावक गोपाल अधिकारी, विद्यार्थी आशिष आचार्य, स्नेहा गौतम लगाएतले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिएका थिए ।

    कार्यक्रममा विज्ञान र ब्यवस्थापन संकाय अध्ययन गर्ने ४ सयबढी नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको विद्यालयका सहायक प्राचार्य भिमसेन गौतमले जानकारी दिए। दशजोड दुईमा अध्यापन गराउने अध्यापक तथा कर्मचारीहरुलाई सोही कार्यक्रमको अवसर पारि सम्मान गरिएको थियो भने विद्यार्थीहरुले आआफ्ना सांस्कृतिक प्रस्तुतीहरु पनि देखाएका थिए।

    11.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology