Logo बुधवार, श्रावण १३ गते २०८३
images

परासीमा ट्रकको ठक्करबाट बसमा सवार १९ जना घाइते

परासीमा ट्रकको ठक्करबाट बसमा सवार १९ जना घाइते

  • 1.6K
    SHARES

  • परासीमा ट्रकको ठक्करबाट बसमा सवार १९ जना घाइते

    परासी,साउन २८ ।

    पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ट्रकको ठक्करबाट बसमा सवार १९ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । भैरहवाबाट महेशपुरका लागि छुटेको लु १ ख ९५७७ नम्बरको बसलाई बाग्मती प्रदेश ०३–००१ क ०१८९ नम्बरको ट्रकले भुमहि भैरहवा हुलाकी सडक खण्डको रामग्राम ५ बालगोविन्द पेट्रोल पम्प अगाडि पछाडिबाट ठक्कर दिएको थियो ।

    दुर्घटनामा बसमा सवार रामग्राम १६ तोनवा बस्ने वर्ष ३५ कि रामरती यादव र बर्दघाट १२ दबिला बस्ने वर्ष ३० कि बिनु शाहिको अवस्था गम्भिर रहेको छ । उनिहरुको थप उपचारका लागि भैरहवा पठाइएको प्रहरी उपरिक्षक ऋषिराम कंडेलले जानकारी दिए ।

    दुर्घटनामा परी बर्दघाट ४ दिव्यनगरकी सुजाता कुँवर, सोही स्थानकी सर्मिला सापकोटा शर्मा, सरावल ४ ललितपुरका पुनम चमार, सरावल ५ दुबौलियाका विजय कुमार हरिजन, प्रतापपुर ७ सुर्यपुराका मनिसा चौधरी, सुस्ता ५ का आकाश पाल, सोही स्थानका गुन्जा कुमारी पाल, पाल्हिनन्दन २ कि प्रियङ्का यादव घाईते भएका छन् ।

    त्यस्तै पूर्वी नवलपरासीको कावासोती १७ कि राजकुमारी थनेत, सोही स्थानका ज्योति थनेत, देवचुली १३ का सुनिता थनेत, कपिलबस्तुको शुद्धोदन गाउँपालिका ७ का शिवसागर यादव, कपिलबस्तु ११ का राम प्रसाद यादव, कपिलबस्तु ८ का दिपेन्द्र यादव पनि घाइते भएका छन् ।

    भारतको महराजगंज नौतनवाका ४५ वर्षिय मनोज मदेसिया, सोही स्थानका वर्ष ३७ का अमित गुप्ता, महराजगंज निचलौलका वर्ष ५० का हदिश अन्सारी, सोही स्थानकी वर्ष ६ कि नाजिया खातुन घाईते भएका छन् ।

    घाइते मध्ये दश जनाको अवस्था समान्य रहेको छ भने सात जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको अहिले पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । बसले चोकबाट एक्कासि महेसपुरतर्फ मोड्न खोजेपछि ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    घाइतेहरुको विवरण :

    १. जिल्ला नवलपरासी रामग्राम न.पा.-१६ तोनवा बस्ने बर्ष अं. ३५ कि रामरती यादवको टाउकोमा चोट, सिरियस, भैरहवा मेडिकल कलेज रूपन्देही तर्फ रिफर ।

    २.  ऐ.ऐ. बर्दघाट न.पा.-१२ दबिल्ला बस्ने बर्ष अं. ३० कि बिनु शाही टाउकोमा चोट सिरियस, भैरहवा मेडिकल कलेज रूपन्देही तर्फ रिफर ।

    ३. जिल्ला नवलपरासी सरावल गा.पा.-४ ललितपुर बस्ने बर्ष अं. २३ को पुनम चमारको छातीमा चोट, अवस्था मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

    ४. ऐ. -५ दुबौलिया बस्ने बर्ष अं. २४ को  बिजय कुमार  हरिजनको बाँया हातमा चोट  सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

    ५. ऐ.  पाल्हीनन्दन गा.पा. -२  अमानिगंज बस्ने बर्ष अं. २० कि प्रियंका यादवको टाउको र पिठ्युमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचे भैरहेको ।

    ६.  ऐ. सुस्ता गा.पा. -५ तरैनी बस्ने बर्ष अं. २१ कि गुन्जा कुमारी पालको बांया हातमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

    ७.. ऐ.ऐ. बस्ने बर्ष अं. २० को आकाश पालको बाँया हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचे भैरहेको ।

    ८. ऐ.ऐ. प्रतापपुर गा.पा.-७ सुर्यपुरा बस्ने बर्ष अं. २२ कि मनिषा चौधरीको शरिरको भित्री भागमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

     ९. जिल्ला कपिलवस्तु बुद्धभुमी न.पा.-८  चरीगाउँ बस्ने बर्ष अं. २० को दिपेन्द्र यादवको अनुहारमा चोट ,सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

    १०. जिल्ला नवलपरासी पुर्वी कावासोती न.पा.- १७ बभनौली बस्ने बर्ष अं. ३२ कि राज कुमारी थनेतको कम्मरमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

    ११. ऐ.ऐ. बस्ने निजको छोरी बर्ष अं. ५ कि ज्योती थनेतको शरिरको भित्री भागमा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

    १२. ऐ.ऐ. देवचुली न.पा.- १३  दलदले बस्ने बर्ष अं. ३० कि सुनिला थनेतको दाहिने खुट्टामा चोट, मध्यम, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

    १३. जिल्ला कपिलवस्तु यसोधरा गा.पा.- ७  तौलिहवा बस्ने बर्ष अं. २० को शिव सागर यादवको कम्मरमा चोट सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

    १४. ऐ.ऐ. बर्दघाट न.पा. -४ दिब्यनगर बस्ने बर्ष अं. २७ कि सुजता कुँवरको घांटी र दाहिने हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

    १५. ऐ.ऐ. बस्ने बर्ष  अं.२८ कि शर्मिला सापकोटा शर्माको  बाँया कुममा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचे भैरहेको ।

    १६:- भारत जिल्ला  महाराजगंज नौतनवा बस्ने बर्ष  अं. ४५ को मनोज मदेसियाको बाँया कोख र हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

    १७. ऐ.ऐ. बस्ने बर्ष  अं. ३७ को अमित गुप्ताको दाहिने हातमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

    १८. जिल्ला महाराहगंज निचलौल पंचमा बस्ने बर्ष अं. ५० को हदिश अन्सारीको अनुहारमा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको ।

    १९.  ऐ.ऐ. बस्ने निजको नातिनी बर्ष अं. ६ कि नाजिया खातुनको दाहिने खुट्टामा चोट, सामान्य, पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology