Logo बुधवार, श्रावण १३ गते २०८३
images

रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटना,एक प्रहरी जवानको मृत्यु

रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटना,एक प्रहरी जवानको मृत्यु

  • 2.0K
    SHARES

  • रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटना,एक प्रहरी जवानको मृत्यु

    रुकुमपूर्व,साउन २८ ।

    रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीको भ्यान आज दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दिउँसो सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगङ्गा गाउँपालिका जानेक्रममा प्रहरीको भ्यान दुर्घटनामा परेको थियो ।  

    जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान दुर्घटनामा पर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको छ । उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लैजानेक्रममा पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    भ्यानमा ६ जना सवारमध्ये पुनसहित ३ जना गम्भीर र ३ जना सामान्य घाइते भएका थिए । घाइतेमध्ये भ्यान चालक प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान सन्तोष बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगी, रुकुमपूर्व सशस्त्र प्रहरीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र श्रेष्ठ र प्रहरी जवान इन्द्र घर्ती सामान्य घाइते रहनु भएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । 

    घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology