Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुग्याे,मृत्यु हुनेको संख्या १ हजार ४

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुग्याे,मृत्यु हुनेको संख्या १ हजार ४

  • 2.3K
    SHARES

  • नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुग्याे,मृत्यु हुनेको संख्या १ हजार ४

    बुटवल, कार्तिक १८-

    नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ११४ जनालाई कोरोना पुष्टि भएको हो । 

    यस्तै २४ घण्टामा ३ हजार १४२ जना कोरोनामुक्त भएका छन् । हालसम्म १ लाख ४१ हजार १३४ जनाले कोरोना जितेका छन् । 

    नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ ।

    यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology