Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भैरहवाको भीम अस्पतालमा आईसीयू सञ्चालन

भैरहवाको भीम अस्पतालमा आईसीयू सञ्चालन

  • 3.0K
    SHARES

  • भैरहवाको भीम अस्पतालमा आईसीयू सञ्चालन

    बुटवल,भदाै १६- 

    भैरहवाको भीम अस्पतालमा सोमबारदेखि आईसीयू बेड सञ्चालनमा आएको छ । प्रदेश सरकारले कोरोना विशेष अस्पताल घोषणा गरेको यो अस्पतालमा आईसीयू वेड भए पनि जनशक्ति अभावमा पाँच महिनादेखि सञ्चालनमा थिएन ।

    कोरोना संक्रमितलाई उपचारका लागि २२ वटा जनरल बेड छन् ।

    युनिभर्सल मेडिकल कलेजले एनेस्थेसियाको जनशक्ति पठाएपछि आईसीयू वेड सञ्चालनमा ल्याइएको हो । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. शकुन्तला गुप्ताले भनिन्, कन्सल्ट्यान्ट फिजिसियन, मेडिकल अफिसर र नर्सिङका कर्मचारीको अझै अभाव छ ।’

    तर आईसीयू सञ्चालनमा आएसंगै सोमबार चारजना संक्रमित भर्ना भएको बताइन् । बुटवलका ३ जना र धकधईका एकजना भर्ना भएका हुन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology