Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही प्रशासनद्वारा सार्वजनिक विदाको दिन सरकारी सवारी नचलाउन निर्देशन

रुपन्देही प्रशासनद्वारा सार्वजनिक विदाको दिन सरकारी सवारी नचलाउन निर्देशन

  • 2.4K
    SHARES

  • रुपन्देही प्रशासनद्वारा सार्वजनिक विदाको दिन सरकारी सवारी नचलाउन निर्देशन

    बुटवल,साउन २६ ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक विदाको दिन सरकारी सवारी नचलाउन निर्देशन दिएको छ ।जिल्ला प्रशासन कार्यालयले निर्णयहरू सार्वजनिक गर्दै सवारी चलाउनै परे अनिवार्य पास लिन अनुरोध गरेको छ ।

    त्यसैगरी नागरिकता प्रमाणपत्र, प्रतिलिपि नागरिकता प्रमाणपत्र, नाबालक परिचयपत्र तथा व्यक्ति प्रमाणित लगायतका जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाका लागि गरिने सिफारिसहरुमा एकरुपता ल्याउने र यसरी गरिने सिफारिसहरुलाई त्रुटिरहित बनाउन सबै स्थानीय तहले नवनिर्वाचित जनप्रतिनिधि एवं वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षित गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।

    बेमौसमी बर्षाका कारण गत वर्ष धानबालीमा पुगेको क्षतिलाई राहत उपलब्ध गराउने मापदण्ड बमोजिम कार्य अगाडी बढिरहेको सन्दर्भमा उक्त कार्यलाई यथाशिघ्र सम्पन्न गर्नका लागि सबै स्थानीय तहहरुले सहयोग लिने निर्णय समेत प्रशासन गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology