Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल लेडी जेसिजद्वारा बैकिंङ तथा बित्तिय साक्षरता संचालन

बुटवल लेडी जेसिजद्वारा बैकिंङ तथा बित्तिय साक्षरता संचालन

  • 2.7K
    SHARES

  • बुटवल लेडी जेसिजद्वारा बैकिंङ तथा बित्तिय साक्षरता संचालन

    बुटवल,साउन २६ ।

    बुटवल लेडी जेसिजले बुटवलमा बैकिंङ तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जेसीज सप्ताह अन्तर्गत पांचौदिनमा  बैकिंङ तथा बित्तिय साक्षरता कार्यक्रम भएको हो ।

    बुटवल लेडी जेसी बर्ष २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि साईन रेसुंगा डेभलपमेन्ट बैंकका चिफ अपरेटिङ हेड नम्रता थापाले अहिलेको समयमा बित्तिय साक्षरता बिना मानिस साक्षर बन्नै नसक्ने बताउनुभयो । उहांले बैंक तथा बित्तिय संस्थामा सहि ढंगले कारोबार गर्न पनि बित्तिय साक्षरता आवश्यक रहने बताउनुभयो ।

    कार्यक्रममा मातृशाखा बुटवल अध्यक्ष जेसी चन्द्रमणि भूषाल,नेपाल जेसीज-२०२२ का कार्यसमिती सल्लाहकार सिनेटर राधिका पोखरेल,नेपाल जेसीज काउन्सीलर्स एकेडेमी चेयर जेसी राजीव गौतम,पूर्व अध्यक्ष जेसी ज्ञानधरा पन्त ,सिनेटर मन्जु भूषाल लगायतले समय सापेक्ष प्रौढ,गृहिणी,कामकाजी महिलाहरुमा वित्तिय साक्षरता अभिमुखिकरण तालिम प्रदान गरेकोमा धन्यबाद दिनुभयो ।

    साे कार्यक्रमरूपा श्रेष्ठको संयोजन , जमुना श्रेष्ठ आस्थापाठ र महासचिव संगिता ढकालको संचालनमा भएको थियो । 

    सो अबसरमा साईन रेसुंगा डेभलपमेन्ट बैंकका डिजिटल बैँकिङ अफिसर नारायण न्यौपानेले सहजीकरण गर्नुभएको थियो । नविन टाेल बिकास संस्थाका अध्यक्ष बिष्णु थापा लगायतले भाेगेका बैंकिङ समस्या समेत राखेका थिए ।

    कार्यक्रममा बिभिन्न टोलबिकास संस्थाका  पदाधिकारी,सदस्य तथा सरोकारवाला महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा १२० जनाको सहभागिता रहेको थियो ।

    jci.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology