Logo बुधवार, श्रावण १३ गते २०८३
images

अक्सफोर्ड मावि बुटवलले गर्यो कक्षा ११ का बिद्यार्थीलाई स्वागत

अक्सफोर्ड मावि बुटवलले गर्यो कक्षा ११ का बिद्यार्थीलाई स्वागत

  • 5.0K
    SHARES

  • अक्सफोर्ड मावि बुटवलले गर्यो  कक्षा ११ का बिद्यार्थीलाई स्वागत

    बुटवल,साउन २६ ।

    राष्ट्रकै अग्रणी शैक्षिक प्रतिष्ठान अक्सफोर्ड मावि बुटवलमा कक्षा ११ मा  बिद्यार्थीहरुका लागि स्वागत कार्यक्रम गरिएको छ ।

    संस्थाका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको पहिलो सत्रका प्रमुख अतिथी जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख दिपेन्द्र ढकालले बोल्दै अन्तराष्ट्रिय स्कुल अवार्डबाट सम्मानित अक्सफोर्ड विद्यालयले युगानुकुल शिक्षा प्रदान गरेमा खुशी व्यक्त गर्नुभयो । 

    साथै विद्यालयवाट उत्पादित दक्ष जनशक्ति विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको बताउनुभयो । राष्ट्रिय परीक्षा वोर्ड शाखा अधिकृत वावुराम भण्डारी, पक्लिहवा कृषि क्याम्पसका  सह– प्राध्यापक डा.मुक्ति पौडेल,अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी, विद्यार्थी अभिभावक संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली लगायतले बोल्दै शैक्षिक क्षेत्रमा अक्सफोर्ड अब्बल रहेको बताउनुभयो ।

    विद्यालयका प्राचार्य दिनेश भुसालले बिद्यालय राष्ट्रिय स्तरमै उत्कृष्ट रहेको कुरा प्राप्त नतिजाहरूले प्रमाणित गरेको बताउनुभयो । उहाँले यो नतिजालाए निरन्तररूपमा प्राप्त गरिराख्न प्रतिबद्ध रहेको भन्दै सबैको हातेमालो जरूरी रहेको बताउनुभयो ।

    कार्यक्रममा विद्यालयका सहायक प्राचार्य सुमन भुसालले विद्यार्थिको अपेक्षा अनुसार शिक्षा दिन अक्सफोर्ड सदैव सक्षम रहेको र विद्यार्थीको आशा भरोसा विश्वास सदैव कायम राख्ने विश्वास दिलाउँदै सम्पूर्णमा स्वागत मन्तब्य राख्नुभयो ।

    सो अवसरमा विहानी संकाय प्रमुख विरबहादुर क्षेत्रीले विद्यालयका निति, नियम, र अनुशासनका विविध पक्षमा प्रकास पार्नुभयो । विद्यार्थिहरुको तर्फबाट अमृत छात्र अमृत पाण्डे र कक्षा ११ का विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै छात्र रोजन पाण्डेले आफ्नो धारणा राख्नुभयो । अवसरमा अक्सफोर्ड माबिमा कक्षा ११ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र छात्राहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

    त्यसैगरि उत्कृष्ट भिडियो प्रदर्शनीका विजेताहरुलाइ पनि नगद पुरस्कारवाट सम्मान गरिएको थियो । सो कार्यक्रमको सहजीकरण शिक्षक नारायण सापकोटा, प्रदिप ज्ञवाली र भुविन्द्र मरासिनीले गर्नुभएको थियो ।

    कार्यक्रमको दोश्रो सत्र भने विविध सास्कृतिक कार्यक्रम गरि सम्पन्न गरिएको थियो । उक्त सांस्कृतिक कार्यक्रममा स्थानिय कलाकारका साथै राष्ट्रिय कलाकार नेपाल आइडल फाइनिष्ट पार्श्व गायक प्रतापदास र स्टाइण्डिङ कमेडियन सिता न्यौपानेको बेजोड प्रस्तुती रहेको थियो भने तेक्वान्दो खेलको डेमो प्रदर्शन समेत गरिएको थियो ।

    तिलोत्तमा नगरपालिका मणिग्रामस्थित ड्रिम ल्याण्ड रिसोर्टमा आयोजना गरिएको सो कार्यक्रम दुई सत्रमा सम्पन्न भएको हो । 

    oxford  mavi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology