Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल लेडी जेसिजद्वारा नविन औद्योगिक माबिमा सचेतनामुलक कार्यक्रम

बुटवल लेडी जेसिजद्वारा नविन औद्योगिक माबिमा सचेतनामुलक कार्यक्रम

  • 1.9K
    SHARES

  • बुटवल लेडी जेसिजद्वारा नविन औद्योगिक माबिमा सचेतनामुलक कार्यक्रम

    बुटवल,साउन २४ ।

    बुटवल लेडी जेसिजले बुटवलमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उप–महानगरपालिका वडा नं.११ स्थित नविन औद्योगिक कदर बहादुर रिता मा.वि.देवीनगरका विद्यार्थीहरुलाई आत्महत्या, आत्महत्या दुरुत्साहन र लागु औषध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको हो ।

    जेसीज सप्ताहको अवसरमा भएको सो कार्यक्रममा सो मा.वि.मा अध्यायनरत कक्षा १२ का १५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । बुटवल लेडी जेसी बर्ष २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय बुटवलका कार्यालय प्रमुख पहरी नायव उपरिक्षक  ठग बहादुर के.सीले बिद्यार्थीहरु देशको भबिश्य भएकाले गलत बाटोमा नलाग्न आग्रह गरे ।

    सो अबसरमा कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले आत्महत्या, आत्महत्या दुरुत्साहन र लागु औषध सम्बन्धि सहजीकरण गरेका थिए ।

    students.jpg

    कार्यक्रममा बुटवल लेडी जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेल, पूर्व अध्यक्ष रुपा पाण्डे, नविन औद्योगिक कदर बहादुर रिता मा.विका प्राचार्य प्रेमबहादुर बस्नेत ,कार्यक्रमका मूल संयोजक प्रभा गौतम, क्लवका महासचिव संगिता ढकाल,सदस्य अन्जु ज्ञवाली लगायतले बोल्दै लागु औषधको प्रयोग रोक्नुपर्ने र युवा पुस्तालाइ खेलकुद तथा सामाजिक क्षेत्रमा क्रियाशिल बनाउनुपर्ने बताए ।

    policee.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology