Logo बिहिवार, आश्विन १ गते २०८३
images

मणिमुकुन्द भलिबल क्लब : लोकेन्द्रबहादुर भण्डारी पुन: अध्यक्ष चयन

मणिमुकुन्द भलिबल क्लब : लोकेन्द्रबहादुर भण्डारी पुन: अध्यक्ष चयन

  • 1.6K
    SHARES

  • मणिमुकुन्द भलिबल क्लब : लोकेन्द्रबहादुर भण्डारी पुन: अध्यक्ष चयन

    बुटवल,साउन २३ ।

    रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबको सातौ साधारण सभा तथा चौथौ अधिवेसनले पुनः लोकेन्द्र बहादुर भण्डारी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ । शनिबार बुटवलमा सम्पन्न अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

    अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा किशन चन्द, उपाध्यक्ष ओमकार थापा, सचिव काशी गौतम, कोषाध्यक्ष यम बहादुर पुन, सहसचिव सुदिप खत्री, मानार्थ सदस्य प्रताप खवास, सदस्यहरु कुल बहादुर थापा, उदय मल्ल, प्रेम पुन, चिरन फाल, थमन खत्री, रबिन सारु, रोशन चन्द, टेकमाया छन्त्याल चयन भएका छन ।

    निर्वाचन अघि साधाणसभा तथा अधिवेशनकोे उद्घाटन गर्दै प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी खेल पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको बताए । उनले प्रदेशमा साहसिक र विदेशी पर्यटक भित्र्याउने गरि खेल पुर्वाधारको विकासमा प्रदेश सरकार लागेको जनाए ।

    १२ औं राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको सफलताबाट लुम्बिनी प्रदेश खेलकुदमय भएको दाबी गर्दै उनले सबै खेल सरोकारवालाहरु आगामी दिनमा खेल विकासमा लाग्नुपर्ने बताए । नवौ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने गरि प्रदर्शनको तयारीमा सबै खेल र खेलाडीहरुको जुटेको उनले बताए । नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा नीजि क्षेत्रको योगदान रहेको भन्दै सरकारबाट आगामी दिनमा पुर्वाधारमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

    कार्यक्रममा लुम्बिनी प्रदेश भलिबल संघका वरिष्ठ उपाध्यक्ष योग गुरुङले भलिबलको संरचनागत रुपमा भर्खरमात्र संघीयतामा गएको भन्दै ३ तहको सरकारबाट आवश्यक सहयोग लिदै विकासमा अघि बढ्ने बताए ।

    कार्यक्रममा संघका अध्यक्ष सुरेन्द्र शाक्य, क्लबका वरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, उपाध्यक्ष विश्वास ढकाल, क्लबका सचिव मेघराज भट्टराईले खेलकुदको पुर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology