Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसले भन्यो-‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने सरकारी निर्णय संविधानको मर्म विपरीत’

कांग्रेसले भन्यो-‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने सरकारी निर्णय संविधानको मर्म विपरीत’

  • 3.1K
    SHARES

  • कांग्रेसले भन्यो-‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने सरकारी निर्णय संविधानको मर्म विपरीत’

    बुटवल कार्तिक १८-

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने सरकारी निर्णय संविधानको मर्म विपरीत भएको कांग्रेसले जनाएको छ। 

    असोज ११  मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार मातहतका निकायमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नेलेख्न परिपत्र गरिएको थियो। त्यसको स्थानमा ‘नेपाल’मात्रै लेख्न कानून,न्याय तथा संसदीय मन्त्रालयले मातहत कार्यालयलाई परिपत्र गरेको थियो। 

    संविधानको मर्म विपरित सरकारी निर्णय भएको उल्लेख गर्दै प्रवक्ता विश्वप्रकाश शर्मा चेतावनीको शैलीमा सरकारलाई भनेका छन्, ‘होसियार ! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ।’

    शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान निर्माणको प्रतिबद्धताप्रति सचेत गराएका छन्। शर्माले भने, ‘जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ?’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology