बुटवल,साउन २२ ।
राप्रपाकी नेतृ भगवती पाण्डेले जन्मदिनको अवसरमा विद्यालयमा खाजा कार्यक्रम सुरु गरेकी छन् ।
उनले अधिकांश दैनिक मजदूरी गरेर जिविकोपार्जन गर्ने परिवारका बालबालिकाहरु अध्ययन गर्ने बुटवलस्थित मैनाबगर आधारभूत विद्यालयमा जन्मदिन मनाउँदै दैनिक खाजा कार्यक्रमको शुभारम्भ पनि गरेकी हुन् ।उनी बैसाखमा सम्पन्न स्थानीय तह निर्वाचमा बुटवल उपमहानगरपालिकाकी उपमेयरको प्रत्यासी थिइन् ।
बुटवल २ मा रहेको मैनाबगर आधारभूत विद्यालयमा अध्यायनरत विद्यार्थीको खाजा खर्च रोटरी क्लव अफ बुटवल सेन्ट्रलले व्यहोर्ने भएको छ ।
क्लवका संस्थापक अध्यक्ष सुरज खरेलले आईतबार विद्यालयमा एक कार्यक्रमका बीच विद्यार्थीहरुको लागि खाजा खर्च बापत एकवर्षसम्म र आगामी अध्यक्षहरुले समेत व्यहोर्ने गरी घोषणा गरे ।
बुटवल उपमहानगरपालकाले उपलब्ध गराएको दिवा खाजा रकम अभावको विचमा विद्यालयले खाजा कार्यक्रम लागू गर्ननसकेकको विद्यालयकी प्रधानाध्यक्षक कमला ज्ञवालीले बताईन ।
उनका अनुसार नगरपालिका बाट १५ रुपैयाँ प्रति विद्यार्थीका दरले खाजा रकमको लागि आउने गरेकोमा उक्त विद्यालयमा विहान ८ बजे देखि नै विद्यार्थीहरु आउने भएकोले खाजा रकम अपुग रहेको थियो । जसको कारण सुरुवात भएको थिएन ।
आइतबार रोटरी क्लव अफ सेन्ट्रलका आरएलएमएन कोअडीनेटर तथा राप्रपाका नेतृ पाण्डेले आफ्नो जन्मदिनको अवसरमा खाजा बनाउने ग्यास, चुलो सेट, टिफिन, वक्स सहितका सामग्री प्रदान गरेकी थिइन् । उनले सामाजिक सेवा भावले आफुले जन्मदिन मनाउने खर्र्चले विद्यालयमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाईन । कार्यक्रममा क्लवका अध्यक्ष पप्पु कुमार गुप्ता, सचिव विकास गौतम, कोषाध्यक्ष कृष्ण कण्डेल, सह सचिव व्रिटिना गिरी, सदस्य स्वीकृती टण्डनसहित विद्यालयव्यवस्थापन अध्यक्ष शालीकराम ज्ञवाली, अभिभावक संघ अध्यक्ष यमलाल घिमिरे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)