Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस नेता फखरुद्दिनलाई लुम्बिनी प्रदेशको प्रमुख सचेतकको जिम्मेबारी,हमाल हटाइए

कांग्रेस नेता फखरुद्दिनलाई लुम्बिनी प्रदेशको प्रमुख सचेतकको जिम्मेबारी,हमाल हटाइए

  • 6.8K
    SHARES

  • कांग्रेस नेता फखरुद्दिनलाई लुम्बिनी प्रदेशको प्रमुख सचेतकको जिम्मेबारी,हमाल हटाइए

    बुटवल कार्तिक १८-

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् । 

    प्रदेशसभा सदस्य खानलाई कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१)बमोजिम कार्तिक १७ गतेदेखि प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    उनलाई कात्तिक १७ गतेबाट लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र कांग्रेस केन्द्रीय कार्यालय सचिवलाई गराइसकेको कनौडियाले बताए ।

    खान रुपन्देही क्षेत्र नम्बर ५(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी कांग्रेसमा प्रष्ट धारणा राख्न सक्ने बौद्धिक युवा नेता मानिन्छन् ।

    पार्टीलाइ नयाँ गतीमा अगाडी लैजानका लागि थप भूमिका निर्वाह गर्ने खानले बताए  । यसअघि कांग्रेस नेता सुरेन्द्र हमाल प्रमुख सचेत थिए । 

    letter fakarudin final .jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology