Logo बिहिवार, आश्विन १ गते २०८३
images

नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प

नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प

  • 1.7K
    SHARES

  • नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प

    काठमाडौं,साउन २१ ।

    काठमाडौं उपत्यकासहितका स्थानमा शनिबार बिहानै भूकम्पको कडा धक्का महसुस भएको छ। बिहान ५ बजेर २६ मिनेटमा केही क्षण भूकम्पको कडा धक्का महसुस भएको हो।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्पको गएको हो।

    यो भूकम्पको काठमाडौं उपत्यका, काभ्रे, रसुवा, नुवाकोट, गोरखा र धादिङसहितका जिल्लामा केही सेकेन्ड कडा धक्का महसुस भएको छ। मानवीय र भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

    यसअघि गत आइतबार खोटाङको मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसबेला खोटाङ र छिमेकी भोजपुर ६ घर भत्किनुका साथै अन्य ५० घरमा क्षति पुगेको थियोे।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology