Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सांसदको पदावधि मंसिर २१ गतेसम्म हुन्छ : प्रमुख आयुक्त दिनेश कुमार थपलिया

सांसदको पदावधि मंसिर २१ गतेसम्म हुन्छ : प्रमुख आयुक्त दिनेश कुमार थपलिया

  • 2.0K
    SHARES

  • सांसदको पदावधि  मंसिर २१ गतेसम्म हुन्छ : प्रमुख आयुक्त दिनेश कुमार थपलिया

    बुटवल,साउन २० ।

    निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका सांसदको पदावधि आगामी मंसिर २१ सम्म हुने स्पष्ट पारेको छ।निर्वाचन घोषणा भएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधिलाई लिएर विभिन्न किसिमका टिप्पणी भइरहेका बेला आयोगले मंसिर २१ गतेसम्म पदावधि कायम रहने बताएको हो। 

    बिहीबार पत्रकार सम्मेलन गरी प्रमुख आयुक्त दिनेश कुमार थपलियाले पुनः उम्मेदवारी दिने सदस्यको हकमा उम्मेदवारी दिएपछि स्वतः पदावधि समाप्त हुने भएपनि अन्यको हकमा मंसिर २१ गतेसम्म पदावधि कायम रहनेछ भनि सरकारलाई दस्तावेज बुझाएको जानकारी दिए।

    उनले भने,-‘प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको ब्याख्या वास्तवमा आयोगले गर्ने होइन। आयोगले आफ्नो सिफारिस पेस गर्दा संविधानमा भएको व्यवस्था र निर्वाचन सम्बन्धी कानूनमा भएको व्यवस्था अनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएकाले  त्यसैलाई टेकेर आउँदो मंसिरको २१ गते पदावधि समाप्त हुन्छ भनेर हामीले लिखित रुपमा नै पेस गरेका थियौँ। आयोग के ठान्दछ भने नेपाल सरकारले त्यो दस्तावेजलाई स्वीकार गरेको छ भन्ने ठान्दछ।’ 

    आयोगले निर्वाचनमा सबै उम्मेदवारप्रति समान अवसर र समान खेल मैदानको सिद्धान्तलाई अवलम्बन गर्ने उनले बताए। ‘त्यसकारण प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदमा उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मानिनुपर्दछ भन्ने आयोगको स्पष्ट धारणा छ’ उनले भने, ‘यसलाई कानूनसम्मत ढंगले कहीँ न कहीँ व्याख्या गरेर हामी अघि बढाउँछौँ।’

    आइतवारदेखि नै राजनीतिक दल दर्ता प्रक्रिया प्रारम्भ गरिने र आगामी सातादेखि समानुपातिक तर्फको निर्वाचन प्रक्रियाका कार्य अघि बढाउने तयारी आयोगले गरेको छ। त्यसैगरी असोजको तेस्रो हप्तामा उम्मेदवारी दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका बनाउने तयारी भइरहेको पनि प्रमुख आयुक्त थपलियाले जानकारी दिए।

    निर्वाचनका लागि आवश्यक सवारी साधन लगायत प्राविधिक क्षेत्रका लागि आवश्यक खर्च सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालयमार्फत मित्र राष्ट्रलाई अनुरोध गरिएको र प्राप्त भएको सवालमा सहयोग स्वीकार गर्ने पनि स्पष्ट पारे। त्यसैगरी आम सञ्चार माध्यमलाई मतदाता शिक्षा प्रचार प्रसारमा प्रयोग गर्ने सवालमा भने वैदेशिक सहायता नीति अन्तर्गत रहेर दातृ निकायको सहयोग पनि स्वीकार गरिने उनले स्पष्ट पारे।

    संसदीय निर्वाचनमा नौ लाख मतदाता थपिने :

    आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनमा नौ लाख मतदाता थपिने भएका छन्। आयोगले गरेको पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनमा भन्दा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बढीमा ९ लाख मतदाता संख्या थपिने अनुमान गरेको हो।

    पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीको लागि आवश्यक समय कम भएपनि अर्जुनदृष्टि लगाएर काम गरिने बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology