-प्रजापाल गिरी
पर्वत जिल्लाको पाङ्गमा वि.सं. १९९७ मा जन्म भएर २०२६ सालमा बुटवलमा बसाई सर्नुभएका सुर्यप्रसाद प्रधान आफ्नो जीवन परन्त समेत यस क्षेत्रका बासिन्दाहरुको स्मृतीमा ताजा रहनु भएको छ ।
बुटवलस्थित बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थ गौतम बुद्ध क्याम्पस, लायन्स क्लब अफ बुटवल लगायत अधिकांश सामाजिक, शैक्षिक तथा व्यवसायीक संघ संस्थालाई पवीत्र नेतृत्व प्रदान गरेर बुटवलको बिकासमा समर्पण गर्दै आजको समयमा गौरवशाली संस्थामा रुपान्तरण गर्न खेलेको भुमिका अबिष्मरणीय छ ।
पन्चायत विरुद्धको लडाइँ होस वा प्रतिगमन विरुद्धको जन-आन्दोलन सबैखाले नागरिक अधिकार प्राप्तिका लागि सञ्चालित संघर्षमा उहाँको अतुलनीय योगदान प्रजातान्त्रिक आन्दोलनमा पुँजीको रुपमा स्थापित रहेको छ ।
नेपाली काँग्रेसको तर्फबाट निर्वाचित बुटवल नगरपालिकाको मेयर हुँदा होस् या प्रतिनिधि सभाको सांसद हुँदा होस् , उहाँको सरलता,शालीनता,स्वच्छ छबी र नागरिकप्रतिको जवाफदेहिता आजका सबैखाले नेताहरुकालागि अनुसरणयोग्य बिषय बनेको छ ।
वि.सं २०७२ साल श्रावण २० गते बिहान ६:१० मा ब्रह्मलीन हुनुभएका आदरणीय सुर्य प्रसाद प्रधान भौतिक रुपमा हाम्रो बिचमा नरहेपनी उहाँले बुटवल, बुटवलबासी र यस क्षेत्रको बिकासका लागी गर्नु भएको साधना र देख्नु भएको सपना बुटवलबासीको नाता र नेपाली काँग्रेसको प्रतिबद्ध सदस्यका हैसियतले पूरा गर्नु हामी सबैको दायित्व हो ।
आज उनै बिराट व्यक्तित्व सुर्य प्रसाद प्रधानको स्मरण गरौं, उनले देखाएको मार्ग मा हिड्ने प्रयत्न गरौं ।
हार्दिक श्रद्धाञ्जली काका
( लेखक नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर -२ ले स्थापना गर्न लागेको स्व:सुर्य प्रसाद प्रधान स्मृति पुस्तकालयका संयोजक हुनुहुन्छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)