Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेविसंघद्वारा रामपुर कृषि क्याम्पस चितवनको प्रशासनिक र डिन कार्यालयमा तालाबन्दी

नेविसंघद्वारा रामपुर कृषि क्याम्पस चितवनको प्रशासनिक र डिन कार्यालयमा तालाबन्दी

  • 5.3K
    SHARES

  • नेविसंघद्वारा रामपुर कृषि क्याम्पस चितवनको प्रशासनिक र डिन कार्यालयमा तालाबन्दी

    चितवन,साउन १७ ।

    नेपाल विद्यार्थी संघले रामपुर कृषि क्याम्पस चितवनको प्रशासनिक कार्यालय र डिन कार्यालयमा तालाबन्दी गरेको छ। नेविसंघले कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख पदमा मिलन सुवेदी लाई पुनः गैरकानुनी रुपमा नियुक्त गरिएको भन्दै नियुक्ति खारेज गर्न माग गरेको हाे  । 

    संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य, अनुभवी र सिनियर प्राध्यापकको नियुक्ति गर्नु पर्नेमा जुनियर र आफुखुशी नियुक्त गरेको भन्दै विरोध गरेको छ ।

    संघले निज व्यक्तिहरुलाई दिइएको नियुक्ति खारेज गर्न ४८ घण्टे ‘अल्टिमेटम’ दिँदै मंगलबार रामपुर क्याम्पस खैरहनी र कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन तालाबन्दी समेत गरेको सभापति सुरज यादव र सचिव आशिष देवकोटाले हस्ताक्षर गरेको विज्ञिप्तमा सो कुरा उल्लेख छ ।

     

    हेराैँ बिज्ञप्ति :New Doc 08-02-2022 17.57_1.jpg

    New Doc 08-02-2022 17.57_2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology