Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मैनाबगर आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण

मैनाबगर आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण

  • 2.1K
    SHARES

  • मैनाबगर आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण

    बुटवल,साउन १६ ।

    मैनाबगर आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । रुपन्देही व्यापार संघ गिफ्ट तथा कस्मेटिक वस्तुगत समितीले बुटवल-११ मैनाबगरस्थित विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हाे ।

    वस्तुगत समितिले प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले विद्यालयकी प्रधानाध्यापक कमला ज्ञवाली तथा विद्यार्थीहरुलाई सामाग्री प्रदान गरे ।

    सो अवसरमा कपी, कलम, पेन्सील, भलिवल, फुटवल, मादल, इरेजर लगायतका सामाग्रीका साथै बालबालिका खेल्ने पिङ पनि प्रदान गरेको हाे ।सो अवसरमा बोल्दै संघका अध्यक्ष घिमिरेले आधारभूत शिक्षा अध्ययन गर्न बञ्चित हुन नपरोस भन्दै सामाजिक दायित्व अन्तरगत बस्तुगत समितिले शैक्षिक सामाग्री वितरण गरेको बताए।

    अध्यक्ष घिमिरेले राज्यले शिक्षाको गुणस्तर बृद्धि तथा सबै नागरिकलाई शिक्षा आर्जन गर्ने जिम्मेवारी वहन गर्नु पर्ने बताएका थिए ।
    कार्यक्रममा वस्तुगत समितिका सचिव सरोज ज्ञवालीले विद्यार्थीको उपस्थिति संख्या बृद्धि हुनुका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग मिल्ने बताए।

    प्रधानाध्यापक कमला ज्ञवालीले विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाका बारेमा जानकारी गराउदै अभावका विचमा विद्यालय सञ्चालन गर्नु परेको बाध्यता सुनाइन् । 

    वस्तुगत समितिका अध्यक्ष गोकुल ज्ञवालीको अध्यक्षता, सचिव सरोज ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष विजय सुवेदीको स्वागत रहेको थियो । विद्यालयमा ९२ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, महासचिव दयानिधि भण्डारी, कोषाध्यक्ष नामदेव पाण्डे, फर्सुराम पन्थ, सहकोषाध्यक्ष मनिराम खनाल, कार्यसमिति सदस्यहरु मनिम दिन मिया, बालकृष्ण बस्याल, न्यामत अलि, माधव ज्ञवाली, कार्यालय प्रमुख सरोज पोखरेल, व्याग वस्तुगत समितिका संयोजक शंकर पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सालिकराम क्षेत्री, अभिभावक संघका अध्यक्ष यमलाल घिमिरे लगायतको उपस्थिती थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology