Logo बिहिवार, आश्विन १ गते २०८३
images

शिविरमा २ हजार दुइसय जनाले लिए निःशुल्क स्वास्थ्य लाभ

शिविरमा २ हजार दुइसय जनाले लिए निःशुल्क स्वास्थ्य लाभ

  • 1.5K
    SHARES

  • शिविरमा २ हजार दुइसय जनाले लिए निःशुल्क स्वास्थ्य लाभ

    बुटवल,साउन १६ ।

    रुपन्देहीको सैनामैना १ स्थित पर्रोहा बोलबम धाममा जारी एक महिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य लाभ लिनेको संख्या २ हजार नाघेको छ ।

    साउन १ गतेदखि सुरु भएको शिविरले साउन १५ गतेसम्म आइपुग्दा करिब २ हजार २ सय जनालाई निःशुल्क स्वास्थ्य सेवाको अवसर प्रदान गरेको युथ फर नेशनका अध्यक्ष एवं मनोचिकित्सक डा. निकोलस भुसालले नागरिक अनलाइनलाई जानकारी दिनुभयो ।

    युथ फर नेशन राष्ट्रका लागि युवा, रोट्र्याक्ट क्लव अफ कोटिहवा र सैनामैना जेसिसको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो । पर्रोहा बोलबम धाम मन्दिर व्यवस्थापन समितिका कार्यसमिति सदस्य हरिशर्मा गौतमले धार्मीक स्थलमा भक्तजनलाई स्वास्थ्यको हिसाबले सुरक्षित महशुष गराउने काम सर्हानीय भएको बताउनुभयो ।

    ‘भक्तजनहरु बिहानैदेखि खाली खुट्टा लाईनमा बस्नुहुन्छ, चर्को घाम लाग्दा कयौं जना लाईनमै पल्टनुहुन्छ’ गौतमले अगाडि जोड्नुभयो९‘यस्तो अवस्थामा विशेषज्ञ चिकित्सक सहितको टोलीमार्फत पुरै साउन महिनाभर निस्वार्थ भावले उहाँहरुको सेवा गरेर निःशुल्क औषधी उपचार गर्नु प्रशंषनीय कार्य हो ।’ यस क्षेत्रमा रहेका आर्थीक रुपमा विपन्न नागरिकलाई शिविरले एउटा अवसर प्रदान गरेको उहाँको भनाई छ ।

    पन्ध्र्रौं दिनसम्म शिविरमा संकलन भएको तथ्यांक हेर्दा विशेषगरी माहला तथा प्रसुती, हाडजोर्नी, मनोरोग र छाला सम्बन्धी समस्या भएका बिरामीको संख्या अत्याधिक रहेको डा। भुसालको भनाई छ । ‘हरेक दिन कम्तीमा ४० देखि ५० जनाले यस सम्बन्धी समस्या लिएर आउनुहुन्छ भने हरेक दिन निःशुल्क ब्लड सुगर परिक्षणको व्यवस्था पनि गरिएको छ ।’, डा। भुसालले भन्नुभयो९‘हामीले उहाँहरुलाई निःशुल्क रुपमा औषधीका साथै आवश्यक परामर्श दिएर पठाउने गर्छौं ।’

    यसैगरी आयोजक संस्था सैनामैना जेसिसका अध्यक्ष रामचन्द्र ढकालले बोलबम यात्रीलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्येश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । शिविरमा आवश्यक पर्ने औषधीदेखि अन्य उपकरणको व्यवस्थापनमा आफूहरु निरन्तर लागिरहेको उहाँको भनाई छ । उहाँका अनुसार १ महिनासम्मको लामो निःशुल्क शिविर आयोजना गर्ने सैनामैना जेसिस शाखा पहिलो संस्था हो । यसले गर्दा सैनामैना जेसिस शाखालाई नेपालकै उत्कृष्ट शाखाको रुपमा परिचित गर्न सहयोग गर्ने उहाँको भनाई छ ।

    ‘स्वस्थ नेपाल खुशी नेपाली’ अन्तर्गत ‘स्वास्थ्य सबैका लागि स्वस्थ सधैंका लागि’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सर्वसाधरण माझ स्वास्थ्य सेवा पहुँचको दायरा बढाउन र स्वस्थ जिवनशैली सम्बन्धी सचेतनाको विकास गर्न यो शिविर आयोजना गरिएको र यो शिविर नेपालमा अहिलेसम्म भएका निःशुल्क स्वास्थ्य शिविरमध्ये सबैभन्दा लामो समयसम्म सञ्चालन हुने शिविर भएको आयोजक संस्थाको दावी छ ।

    यो शिविरलाई विभिन्न स्वास्थ्य तथा सामाजिक संघ-संस्थाहरुले सहयोग गरिरहेको छन् । जनअन्तर्गत पब्लिक हेल्थ फाउण्डेसन लुम्बिनी, डाक्टरर्स क्लिनिक एण्ड डाक्टर्स होम केयर, बि एण्ड बि क्लिनिक, एनबिआर, बुटवल चुलो, एशियन डाईग्नोष्टिक ल्याब्रोटोरी, आदि रहेका छन् । शिविरमा विशेषज्ञ डाक्टरसहितको टालीद्वारा निःशुल्क स्वास्थ्य चेकजाँच, निःशुल्क सुगर जाँच तथा आवश्यकता अनुसार निः शुल्क आौषधी वितरणको व्यवस्था गरिएको छ ।

    शिविरका साउन ३१ गतेसम्म सञ्चालन हुने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology