Logo बिहिवार, आश्विन १ गते २०८३
images

जिल्ला स्तरिय पावर लिफ्टिङ्गको उपाधि बलराम र मन्जितालाई

जिल्ला स्तरिय पावर लिफ्टिङ्गको उपाधि बलराम र मन्जितालाई

  • 1.6K
    SHARES

  • जिल्ला स्तरिय पावर लिफ्टिङ्गको उपाधि बलराम र मन्जितालाई

    बुटवल,साउन १६ ।

    रूपन्देही पावरलिफ्टिङ्ग संघको आयोजनामा भएको रुपन्देही जिल्ला स्तरीय पावर लिफ्टिङ्ग प्रतियोगिता शनिबार बुटवलमा सम्पन्न भएको छ।

     रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ र रूपन्देही जिल्ला व्यायाम तथा फिट्नेश व्यवसायी संघको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा पुर्व ओलम्पियन तथा हाल लुम्बिनी प्रदेश सरकारका माननीय वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालको प्रमुख आतिथ्यता तथा रूपन्देही पावरलिफ्टिङ्ग संघको अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

    उक्त प्रतियोगितामा पुरुष तर्फ ६५ केजी भन्दा कम वजन समुहबाट विजेता बनेका रोयल आईरन जिमका बलराम डुम्रे अलओभर च्याम्पियन बने। उनले स्क्वायटमा १४० केजी वेञ्च प्रेसमा ९०  केजी र डेड लिफ्टमा  १७० केजी गरि कुल   ४०० केजी बजन उचालेका थिए । उता महिलातर्फ ५७ केजी भन्दा कम बजन समुहबाट विजेता बनेकी निबोध एरोबिक एण्ड जिमका मन्जिता राजभण्डारीले बलिष्ठ महिलाको उपाधि जित्न सफल भएकी थिइन् । उनले स्क्वायटमा ९० केजी वेञ्च प्रेसमा ४६।५ केजी र डेड लिफ्टमा ९८ केजी गरि कुल २३४।५ केजी बजन उचालेकी थिइन् ।

    श्रावण १३ गते शुक्रबार भएको छनौट चरण पार गर्दै प्रतियोगितामा ३० जना खेलाडी फाइनल राउण्डमा प्रवेश गरेका थिए । । दुवै उत्कृष्ट विजेताहरुले मेडल, ट्रफी, व्यानेटसँगै जनही दस हजार नगद समेत प्राप्त गरेका थिए।  वजन समुहका विजेताहरुले भने  मेडल पप्रमाणपत्र र जनही पाँच हजार प्राप्त गरे । सो प्रतियोगिताका निर्णय निर्णायकहरु क्रमशः  बुद्धिजंग कार्की, शिवध्वज राई, राजकुमार श्रेष्ठ, ज्ञान नारायण महर्जन, प्रकाश केशीले गरेका थिए ।

    उक्त  कार्यक्रममा नेपाल पावर लिफ्टिङ्ग संघका महासचिव  शुक्रराज प्याकुरेल, संस्थाका केन्द्रीय सदस्य उत्सव अधिकारी, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा न १३ का वार्ड अध्यक्ष  नारायण पुन समेतको उपस्थिति रहेको थियो ।  सो कार्यक्रमको संचालन रुपन्देही जिल्ला व्यायाम तथा फिटनेस व्यवसायी संघका अध्यक्ष विजेन्द्रमान श्रेष्ठले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology