Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रपति भण्डारीबाट शपथपछि अर्थमन्त्री शर्माले मन्त्रालयमा पुगेर कार्यभार सम्हाले

राष्ट्रपति भण्डारीबाट शपथपछि अर्थमन्त्री शर्माले मन्त्रालयमा पुगेर कार्यभार सम्हाले

  • 1.8K
    SHARES

  • राष्ट्रपति भण्डारीबाट शपथपछि अर्थमन्त्री शर्माले मन्त्रालयमा पुगेर कार्यभार सम्हाले

    बुटवल,साउन १५ ।

    अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेका छन्। आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि मन्त्री शर्माले मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्। 

    तर, उनको शपथ ग्रहण र कार्यभार सम्हाल्नेबेला भने अर्थसचिव मधु मरासिनी उपस्थित थिएनन्। मन्त्री शर्माले पुनर्नियुक्ति पाउने जानकारी पाएलगत्तै उनी मोबाइल अफ गरेर पोखरातर्फ हिँडेको मन्त्रालय स्रोतले जनाएको छ। 

    बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोपपछि उनले असार २२ गते संसद्‌मा सम्बोधन गरेर राजीनामा दिएका थिए। सत्तापक्षको बहमुत रहेको समितिले बजेटमा अनधिकृत व्यक्ति प्रवेश गराएको कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology