Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सफोर्ड माविद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाईसहित सम्मान 

अक्सफोर्ड माविद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाईसहित सम्मान 

  • 4.1K
    SHARES

  • अक्सफोर्ड माविद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाईसहित सम्मान 

    बुटवल,साउन १५ ।

    अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले एसईई परिक्षा २०७८ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

    एसईई परिक्षामा उत्तीर्ण अक्सफोर्डका १ सय ११ जना विद्यार्थीलाई आईतबार बधाई तथा सम्मान कार्यक्रम गरिएको हो । अक्सफोर्डबाट एसईईमा सम्मिलित विद्यार्थी मध्य २ जनाले ४ जिपीए, ९ जनाले ३.६ देखि ३.९ जिपीए,  ५१ जनाले  ३.२ देखि ३.५५ जिपीए र  ४८ जनाले २.८५ देखि ३.१५ सम्म जिपीए ल्याएका विद्यार्थीलाई बधाई तथा सम्मान गरिएको हो ।

    एसईईमा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गर्नु हुँदै राष्ट्रिय परिक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षाका लागि अंकका आधारमा भन्दापनि रुची र दक्षताका आधारमा विषय छनोट गर्न सुझाव दिनुभयो ।

    अरुको लहलहैमा र अभिभावकको दवावमा विद्यार्थीले विषय छनोट गर्नुभन्दापनि आफुले सक्ने र पढ्नलाई रुची भएका विषय छान्न सुझाव दिदै प्रमुख तिवारीले अभिभावकले आफ्ना बालबालिकालाई योत्यो विषय अध्ययन गर्न भनि दवाव नदिन आग्रह गर्नुभयो ।

    उहाँले अक्सफोर्ड मावि रुपन्देहीमै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा विकास हुँदै गएको उल्लेख गर्नुभयो । नतिजा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, अक्सफोर्ड कलेज प्रमुख मनोज मरासिनी, अध्यक्ष अजित खनाल, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल, अभिभावक दुर्गा भुषाल, विद्यार्थी विलक्षण भुषाल लगायतले उच्च शिक्षाका लागि विद्यार्थीले आफ्नो रुची र क्षमताका आधारमा विषय छनोट गर्नु पर्नेमा जोड दिनुभयो ।

    विद्यालयका शिक्षक चिरञ्जीवि सापकोटाको संचालनमा भएको कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल बनाउने मावि तहका शिक्षक÷कर्मचारीलाई सम्मान गरिएको थियो ।

    अक्सफोर्डबाट विलक्षण भुसाल र दिपेश भुसालले ४ जिपीए तथा प्रशन्न पन्थी, रिश्मा शर्मा र विजय खनालले ३ दशमलव ९५ जिपीए ल्याएर उत्कृष्ट अंक ल्याएको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology