Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा नयाँगाउँमा बृक्षरोपण

लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा नयाँगाउँमा बृक्षरोपण

  • 2.7K
    SHARES

  • लायन्स क्लव अफ बुटवल सिद्धबाबाद्वारा नयाँगाउँमा बृक्षरोपण

    बुटवल,साउन १४ । 

    लायन्स क्लव अफ बुटवल सिद्धबाबाले बृक्षरोपण गरेको छ । बुटवल १२ नयाँगाउँमा रहेको सिद्धबाबा स्वास्थ्य उपचार केन्द्रमा २० वटा फलफूलका बिरुवा रोपिएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले रोपिएका बिरुवालाइ हुर्काउनतिर ध्यान दिन आग्रह गरे ।

    उनले वडा र नगरसंगको सहकार्यमा क्लवको परिषरमा ध्यान योग केन्द्र र आयुर्वेद केन्द्र चलाउन सकिने धारणा राखे । उनले सहकार्य गरेरै अघि बढ्ने समेत प्रतिबद्धता जनाए । सो स्थानमा मेवा,लिची आँप,कटहर,अम्बा लगायतका फलफूलका बिरूवा रोपिएको हो ।tree palntation.jpg

    लायन्स बर्ष २०२२-०२३ का अध्यक्ष झबिन्द्र अधिकारीको अध्यक्षता,सचिव भुमि सापकोटाको संचालन तथा सिताराम रसाइलीको संयोजनमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रामप्रसाद बन्जाडे,समाजसेवी घनलाल बस्याल लगायले बोल्दै क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बिगतमा भएका कामहरुको बारेमा ब्रिफ्रिङ गरेका थिए ।

    अध्यक्ष झबिन्द्र अधिकारीले क्लवलाइ आफ्नो कार्यकालमा क्यालेण्डर नै बनाएर सामाजिक काम गरिहरेको भन्दै आगामी दिन थप सामाजिक क्षेत्रमा काम गर्नको लागि सबैको साथ रहनुपर्ने बताए ।  क्लवले ५ कठ्ठा जग्गामा सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र संचालन गरेको छ ।treee.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology