Logo बिहिवार, आश्विन १ गते २०८३
images

अमेरिकालाई एसपीपी अघि नबढाउने पत्र साउन ९ गते नै पठाइएको छ : परराष्ट्रमन्त्री खड्का

अमेरिकालाई एसपीपी अघि नबढाउने पत्र साउन ९ गते नै पठाइएको छ : परराष्ट्रमन्त्री खड्का

  • 2.0K
    SHARES

  • अमेरिकालाई एसपीपी अघि नबढाउने पत्र साउन ९ गते नै पठाइएको छ : परराष्ट्रमन्त्री खड्का

    बुटवल,साउन १४ । 

    परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’लाई अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको जानकारी गराएका छन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले एसपीपी अघि नबढाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको स्मरण गराउँदै सोही अनुसार परराष्ट्र मन्त्रालयले कारवाही अघि बढाइसकेको प्रस्ट पारे ।

    उनले बैठकमा भने, ‘साउन ९ गते कुटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णयसहितको लिखित जानकारी अमेरिकी सरकारलाई गराइसकेको छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology