Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नागरिकता सम्बन्धि विधेयक पारित भएपछि काँग्रेस बुटवलद्वारा दीपावली

नागरिकता सम्बन्धि विधेयक पारित भएपछि काँग्रेस बुटवलद्वारा दीपावली

  • 1.8K
    SHARES

  • नागरिकता सम्बन्धि विधेयक पारित भएपछि काँग्रेस बुटवलद्वारा दीपावली

    बुटवल,साउन १३ ।

    संसदका दुबै सदनबाट नागरिकता सम्बन्धि विधेयक पारित भएपछि नेपाली काँग्रेस बुटवलले दीपावली गरेको छ ।

    काँग्रेसले बुटवलको ट्राफिक चोकमा दिपावली गरी खुशियाली मनाएको हो ।नेपाली नागरिक भएर पनि नागरिकताबाट बज्चित भएका नागरिकहरूले अब नागरिकता पाउने भएपछि काँग्रेसले दिपावली गरेको जनाएको छ । गठबन्धनको सरकारले संविधानसभाको कार्यान्वयन गर्दै नागरिकता विधेयक प्रतिनिधिसभाबाट पास गरेर सहि निर्णय गरेको नेपाली काँग्रेस बुटवलका उपसभापति ज्योति भण्डारीले बताए ।

    उनले विधेयक पास भएको खुशीयालीमा रूपन्देही भरी विभिन्न कार्यक्रमको आयोजना भएको बताए ।क्षेत्रिय सचिब प्रजापाल गरिलिे  अब नेपाली नागरिकले नागरिकता विहिन भएर समस्या झेल्नु नपर्ने बताए ।

    आमाको नाउबाट पनि नागरिकता प्राप्त गर्न सकिने भएकाले अब नेपाली नागरिक भएर पनि नागरिकता विहिन हुनु नपर्ने उनको भनाई छ ।सो अबसरमा महाधिबेशन प्रतिनिधि जमुना ढकाल,नेता चिरत्तिजबी जोशी लगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology