Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल-बेलहिया सडक : सात दिनभित्र भरपर्दो स्पष्टीकरण माग्दै ठेक्का सम्झौता तोड्ने चेतावनी !

बुटवल-बेलहिया सडक : सात दिनभित्र भरपर्दो स्पष्टीकरण माग्दै ठेक्का सम्झौता तोड्ने चेतावनी !

  • 6.0K
    SHARES

  • बुटवल-बेलहिया सडक : सात दिनभित्र भरपर्दो स्पष्टीकरण माग्दै ठेक्का सम्झौता तोड्ने चेतावनी !

    बुटवल,साउन १३ ।

    बुटवल-बेलहिया व्यापारिक आयोजनाले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गर्ने चेतावनी दिएको छ। निर्माण सम्झौता भएको ६ वर्षसम्म पनि सडक निर्माणको काम सम्पन्न नभएपछि ठेक्का सम्झौता अन्त्य किन नगर्ने भन्दै सडक बिभागले सार्वजनिक सूचना समेत प्रकाशित गरेको हो।

    व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया-बुटवल सडकले ठेक्का लगाएका कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएका र बाह्य समस्याविना पनि लामो समयसम्म निर्माणको कार्य रोकिएको भन्दै सूचना प्रकाशित गरेको छ ।

    आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीले बिरुवा-श्रेष्ठ-एपेक्स जेभीका ठेकेदार सुवित श्रेष्ठ काठमाडौंलाइ पत्र समेत पठाएकी छन् ।

    ठेकेदार कम्पनीलाई निर्माण कार्य अगाडि बढाउन विभिन्न मितिमा लिखित र मौखिक ताकेता गर्दा समेत सन्तोषजन कार्य प्रगति नभएको भन्दै सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का अन्त्य गर्ने भनिएको छ ।Death_Srimati.jpg

    सो ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मानासिव कारण भए सात दिनभित्र भरपर्दो स्पष्टीकरण सहित आयोजनाको कार्यालयमा उपस्थित हुन भनिएको छ ।

    स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका सर्त र सिओसी तथा प्रचलित ऐन-नियम अनुसार कानुनी कारबाही अगाडि बढाउने आयोजनाको भनाइ छ ।

    आयोजनाले तीन वटा ठेक्का तोड्ने गरी प्रक्रिया सुरु गरेको छ। बिरुवा कन्स्ट्रक्सन प्रालि मध्य बानेश्वर काठमाडौंले लिएको ठेक्का नं टिआरआईपी /३३७३१२४/विवि/०७३/०७४-००१, बिरुवा-श्रेष्ठ-एपेक्स जेभी काठमाडौंको ठेक्का नं. टिआरआईपी/३३७३१२४/विवि ०७१/०७२-००२ र द कञ्चनजंगा-बिरुवा जेभी, मध्य बानेश्वर काठमाडौंले ठेक्का पाएको ठेक्का नं. टिआरआईपी/३३७३१२४/विवि ०७३/०७४-००३ तोड्ने गरी प्रक्रिया अघि बढाएको हो। यी तीन वटा ठेक्का बेलहिया,पडसरी र बुटवलका हुन्। 

    अर्को एक पत्र समेत काटिएको छ जसको बाेधार्थ सडक बिभाग ललितपुर,उत्तर दक्षिण ब्यापारिक रूट ललितपुर, संघीय सडक निरक्षण तथा कार्यान्वयन कार्यालय पाेखरा,बुटवल उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय रूपन्देहीलाइ पठाइएको छ । 

    सूचना र पत्र हेराैँ:-

    sadak butwal _letter.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology